कर्तव्य भवन, जन सेवाप्रति हाम्रो अटूट संकल्पको प्रतीकः प्रधानमन्त्री मोदी
भवन


नयाँ दिल्ली, 06 अगस्त (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले बुधवार कर्तव्य भवनलाई राष्ट्रलाई समर्पित गर्दै यसलाई जन सेवाप्रति सरकारको अटूट संकल्प र निरन्तर प्रयासहरूको प्रतीक बताए। उनले भने, कर्तव्य भवनले न केवल नीतिहरू र योजनाहरूको तीव्र गतिले क्रियान्वयनमा मद्दत गर्नेछ तर राष्ट्रको विकासलाई पनि नयाँ गति प्रदान गर्नेछ।

प्रधानमन्त्री मोदीले दिल्ली स्थित कर्तव्य पथमा नवनिर्मित कर्तव्य भवन-3 को उद्घाटन गरेपछि कार्यक्रमको तस्वीरहरू एक्समा साझा गर्दै धेरै पोस्ट गरे। प्रधानमन्त्रीले पोस्टमा भनेका छन्, कर्तव्य पथमा कर्तव्य भवन जन-जनको सेवाप्रति हाम्रो अटूट संकल्प र निरन्तर प्रयासहरूको प्रतीक हो। यो न केवल हाम्रो नीतिहरू र योजनाहरूलाई मानिसहरूसम्म तीव्र गतिमा पुऱ्याउनमा सहयोगी बन्नेछ तर यसबाट देशको विकासलाई पनि नयाँ गति प्राप्त हुनेछ। अत्याधुनिक इन्फ्रास्ट्रक्चरको उदाहरण बनेको यस भवनलाई राष्ट्रलाई समर्पित गरी धेरै गौरवान्वित छु।

उनले भने, कर्तव्य भवन विकसित र आत्मनिर्भर भारतको निर्माणको निम्ति हाम्रो प्रतिबद्धतालाई दर्शाउँछ। यसलाई गढ्ने हाम्रा श्रमयोगीहरूको अथक परिश्रम र संकल्प-शक्तिको आज देश साक्षी बनेको छ। उनीहरूसित संवाद गरी अत्यन्त प्रसन्नता भएको छ।

प्रधानमन्त्रीले भने, कर्तव्य भवनको निर्माणमा पर्यावरण संरक्षणको पूरा ध्यान राखिएको छ, जसको निम्ति हाम्रो देश संकल्पबद्ध छ। आज यसको प्रांगणमा एक बिरूवा लगाउने सुअवसर पनि पाइयो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande