उत्तराखम्डः गंगोत्री हाईवे तीन ठाउँ वशआउट, धराली रेस्क्यू अभियानको निम्ति गइऱहेका टीमहरू बाटोमा फसे
गंगोत्री


उत्तरकाशी, 06 अगस्त (हि.स.)। लगतार मूसलधेरा वर्षाले गंगोत्री हाईवे डबरानी, पापड़ गाड़, सोन गाड़ नजिक वशआउट भएको छ। यसबाट सड़क यातायात बाधित छ। धराली रेस्कयू अभियानको निम्ति गइरहेका टीमहरू त्यहाँ पुग्न सकिरहेका छैनन्। अधिकारी बीचमार्गमै फसेका छन्।

बीआरओले स्थितिको जायजा लिएपछि सड़कलाई छिटोभन्दा छिटो बहाल गर्न काम शुरू गरेको छ।

जिल्ला परिचालन केन्द्र उत्तरकाशीले बतायो, गंगोत्री नेशनल हाईवे खोलिनुलाई लिएर समयसीमाबारे केही भन्न मिल्दैन। हाई तीन ठाउँ वश आउट छ। जसबाट धराली गइरहेको रेस्क्यू टीम र अधिकारी बीचमार्गमा फसेका छन्।

उल्लेख्य, उत्तरकाशीदेखि धराली वर्षिल लगभग 80 किमीमोटर टाढ़ा छ। भटवाड़ीदेखि 40 किलोमीटरबीच तीन ठाउँ हाईवे वशआउट छ। अतिनै प्रतिकूल मौसमको कारण धराली रेस्क्यू अभियानको निम्ति हेलीकप्टरको पनि विकल्प छैन।

खराब मौसमको कारण हेलीकप्टरले देहरादूनदेखि उड़ान भरिरहेको छैन।

जिल्ला प्रशासनले वायुसेनासित धराली रेस्क्यू अभियानको निम्ति एमआई-17 र चिनूक मालवाहक विमानको मद्दत मागेको थियो तर खराब मौसमको कारण यो सम्भव हुन सकिरहेको छैन।

यस अगाड़ी मंगलवार उत्तरकाशीको धराली गाउँतिर एक पहाड़देखि खीर गंगामा बाढ़ीले केवल 30 सेकेन्डमा तीव्र धाराको साथ धेरै घरहरूलाई बगायो, यो भयावह दृश्य प्रत्यक्षदर्शीहरूले आफ्नो फोनमा कैद गरेका छन्। जिल्ला प्रशासनले धराली जल प्रलयमा अहिलेसम्म 4 जनाको मृत्युको पुष्टि गरेको छ जबकि दर्जनौं मानिस बेपत्ता छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande