सिलगढ़ी, 07 अगस्त (हि.स.)। एनजीपी थानाको पुलिसले एकजना युवतीसित अश्लील कृत्य गर्ने प्रयास गरेको आरोपमा एक जना ई-रिक्सा चालकलाई पक्राउ गरेको छ। आरोपी रिक्शा चालकको नाम बिप्लव विश्वास हो।
पुलिस सूत्र अनुसार बिहीवार एक जना युवती तीनबत्ती मोड़ क्षेत्रबाट रिक्शामा सवार भएकी थिइन्। आरोप छ, यस अवधि ई-रिक्शा चालकले युवतीसित अश्लील कृत्य गर्ने प्रयास गर्न थाल्यो। युवती चिच्याएको सुनेर ट्राफिक पुलिस र स्थानीय मानिसहरू घटनास्थलमा पुगे। ट्राफिक पुलिसले ई-रिक्शा चालकलाई हिरासतमा लियो। त्यसपछि ई-रिक्शा चालकलाई एनजीपी थाना लगियो जहाँ युवतीको लिखित सिकायतको आधारमा चालकलाई पक्राउ गरियो। एनजेपी थानाको पुलिस अग्रिम कारबाहीमा जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा