दुई चतुर चोर पुलिसको पञ्जामा
दुई चतुर चोर पुलिसको पञ्जामा


गुवाहाटी, 07 अगस्त (हि.स.)। गुवाहाटीस्थित जोराबाट औ बर्निहाटको 15 माइलबाट वशिष्ठ थाना तथा जोराबाट पुलिस चौकीको पुलिस टीमले संयुक्त अभियान संचालन गरी दुईजना चतुर चोरहरूलाई पक्राउ गरेको छ।

वशिष्ठ पुलिसले आज बताएको छ, पक्रा पर्ने चोरहरूको पहिचान निर्मल डेका र फकरूल इस्लामको रूपमा गरिएको छ। पहिलो चरणमा पुलिसको टीमले गुप्त सूचनाको आधारमा अभियान संचालन गरी 12 माइलबाट निर्मल डेका नामक चोरलाई पक्राउ गऱ्यो। निर्मल डेकासित भएको जाँचबुझको आधारमा 15 माइल स्थित एफबी मोबाइल स्टोरका मालिक फकरूल इस्लामलाई पक्राउ गरियो। भनिन्छ, फकरूल इस्लाम विभिन्न क्षेत्रका चोरहरूबाट चोरीका सामग्रीहरू खरिद गरेर लामो समयदेखिकै आफ्नो व्यवसाय चलाउँदै आइरहेको छ।

मोबाइलको पसलबाट विभिन्न ब्राण्डका चोरीका मोबाइल ह्याण्डसेट सहित एउटा ल्यापटप जफत गरियो। निर्मल डेकाले विभिन्न क्षेत्रबाट चोरी गरेका सामग्रीहरूलाई फकरूलले आफ्नो मोबाइल स्टोरको माध्यमबाट बिक्री गर्दै आइरहेको थियो। घटनाको सम्बन्धमा पुलिसले एक प्राथमिकी दर्ता गरी आरोपीसित गहन जाँचबुझ गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande