कोलकाता, 07 अगस्त (हि.स.) । पश्चिम बंगाल विधानसभामा नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले कुचबिहार जिल्लामा तृणमूल कंग्रेसका स्थानीय नेतामाथि भारतीय जनता युवा मोर्चा (भाजयुमो)-का पदाधिकारीलाई सार्वजनिक रूपमा धम्की दिएको गम्भीर आरोप लगाएका छन्। उनले यस घटनालाई तृणमूल कंग्रेसको हिंसा एवं धम्कीको संस्कृति- को जीवन्त उदाहरण बताएका छन्।
आफ्नो आधिकारिक सोशल मीडिया ह्याण्डलबाट बिहीवार साझा गरेका एउटा पोस्टमा शुभेन्दु अधिकारीले दाबी गरेका छन्, कुचबिहारको घोकसाडांगा क्षेत्रका एकजना प्रमुख तृणमूल नेता धरनीकान्त बर्मनको नाम उनीमाथि भएको हमलाको सिकायतमा अभियुक्तहरूको सूचीमा एघारौं स्थानमा दर्ता छ। त्यसैले उनले अब भाजपा युवा मोर्चाका कुचबिहार जिल्ला महासचिव प्रशान्त बर्मनलाई सार्वजनिक रूपमा धम्की दिरहेका छन्।
शुभेन्दु अधिकारीले यस घटनाला लिएल लेखेका छन्, यसले स्पष्ट रूपमा तृणमूल कंग्रेसको कार्यप्रणालीलाई दर्शाउँछ जहाँ कानूनको शासन होइन, शासकहरूको कानून चल्छ। उनले भने, जब कुनै सत्ताधारी नेता कानूनको कब्जामा पर्छ तब उसले डराएर कानूनलाई आफ्नो ढंगले मोड़्ने प्रयास गर्दछ।
शुभेन्दुले यो पनि भने, यो एउटा घटना मात्र नभएर बंगालमा तृणमूल कंग्रेसको स्थापित संस्कृतिको एक अंग हो जसमा राजनीतिक विरोधीहरूलाई डर देखाउने तथा दबाउने चेष्टा गरिन्छ। उनले प्रशासनसित यस मामिलामा संज्ञान लिने अनि पीड़ित भाजपा नेतालाई सुरक्षा दिने माग समेत गरेका छन्। तृणमूल कंग्रेसको पक्षबाट यस आरोपलाई लिएर अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा