खरसाङ नगरपालिका क्षेत्रमा 'हाम्रो गाउँ हाम्रो समाधान' अन्तर्गत द्वारे सरकारको क्याम्प सम्पन्न
खरसाङ नगरपालिका क्षेत्रमा 'हाम्रो गाउँ हाम्रो समाधान' अन्तर्गत द्वारे सरकारको क्याम्प सम्पन्न


खरसाङ, 07 अगस्त (हि.स.)। पश्चिम बंगाल सरकारको 'हाम्रो गाउँ हाम्रो समाधान' अन्तर्गत खरसाङ नगरपालिका क्षेत्रको लागि आज द्वारे सरकारको क्याम्प सम्पन्न भएको छ। उक्त शिविर खरसाङको नगरपालिकाको‌ वार्ड नम्बर 4 स्थित मध्य डुमारामको त्रिशुली संघ भवनमा सम्पन्न भयो। शिविरमा खरसाङ महकुमा शासक आईएएस बिन्दाबासिनी तेजा दिपक, खरसाङ नगरपालिकाका भाइस चेयरम्यान सुवास प्रधान लगायत अन्यहरु उपस्थित रहेका थिए।‌

यस शिविरमा क्षेत्रीय सभासद श्याम शेर्पाले पनि हाम्रो गाउँ हाम्रो समाधान' क्याम्पको भ्रमण निरीक्षण गरेका थिए। “हाम्रो गाउँ, हाम्रो समाधान” अन्तर्गत पश्चिम बंगाल सरकारले प्रत्येक बुथलाई 10 लाख रुपियाँको अनुदान राशि प्रदान गर्ने गरेका छन्, जसको उद्देश्य गाउँका विभिन्न समस्याहरुलाई सम्बोधन गर्नु हो। आज सम्पन्न शिविर खरसाङ नगरपालिका क्षेत्रको बुथ संख्या 189, 190 र 191 लाई लिएर गरिएको थियो।

यस शिविरमा वार्डवासीहरूले आ-आफ्नो क्षेत्रमा रहेका विविध समस्याहरूबारे अधिकारीहरूलाई जानकारी गराएका थिए। पश्चिम बंगालभरि गत 2 अगस्तदेखि आगामी 3 नोभेम्बरसम्म सञ्चालन हुने यो बुथ-स्तरीय शिविरमा पहाडका आम-नागरिकहरूलाई अनिवार्य रूपमा सहभागी हुन आह्वान गरिएको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande