कुमार योञ्जनको नाममा हाइब्रिड सिम्बिडियमको नयॉं प्रजातिको नामकरण
कुमार योञ्जनको नाममा हाइब्रिड सिम्बिडियमको नयॉं प्रजातिको नामकरण


कुमार योञ्जनको नाममा हाइब्रिड सिम्बिडियमको नयॉं प्रजातिको नामकरण


पाकिम, 07 अगस्त (हि.स.)। रोयल हर्टिकल्चरल सोसाइटी (आरएचएस) ले हाइब्रिड सिम्बिडियमको नयाँ प्रजातिलाई आधिकारिक रूपमा 'सिम्बिडियम कुमार योञ्जन' नामकरण गरेको छ। अर्किडको नामकरण कुमार योञ्जनको नाममा गरिएको छ। उनी टाशीथाङ कार्थोक, छलमथाङ पाचेखानी आधारित ग्रीन जोन सोसाइटीका अध्यक्ष हुन्।

यो नामकरणले पर्यावरणीय संरक्षण र जैवविविधता व्यवस्थापनको क्षेत्रमा उनको कामलाई मान्यता दिएको छ। युके आधारित आरएचएसले नयाँ बिरुवा हाइब्रिड र प्रजातिहरूको रेकर्ड राख्दछ। यसको रजिस्ट्रीमा 'कुमार योञ्जन' को समावेशले यो नयाँ अर्किड विश्वव्यापी बागवानी रेकर्डसॅंग जोडिएको बताइएको छ।

योञ्जन क्षेत्रमा संरक्षण र सचेतना कार्यक्रमहरूसॅंग सम्बन्धित विभिन्न पहलहरूमा संलग्न रहेका छन्। आरएचएससँग पञ्जीकरण प्रक्रिया पूरा भएपछि अर्किडको नामकरण पुष्टि भएको छ। 'सिम्बिडियम कुमार योञ्जन' सिम्बिडियम म्याजिक किवी र सिम्बिडियम जोन करिश्माको मिश्रण रहेको बताइएको छ।

'सिम्बिडियम कुमार योञ्जन' आईसीएआर राष्ट्रिय अर्किड अनुसन्धान केन्द्र, पाकिममा आयोजित भारतीय अर्किड महोत्सव 2025 मा पनि प्रदर्शित गरिएको थियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande