खरसाङ, 07 अगस्त (हि.स.)। खरसाङमा अखिल भारतीय नेवार संगठन खरसाङ आञ्चलिक समितिको आयोजनामा यसपाली पनि नेवार जातिको पर्व क्वाँटी पूर्णिमा विभिन्न सांस्कृतिक कार्यक्रमहरुका साथमा पालन गरिने भएको छ। यसै विषयलाई लिएर आज खरसाङको भीमेश्वर मन्दिर परिसरमा अखिल भारतीय नेवार संगठन खरसाङ आञ्चलिक समितिको सभा सम्पन्न भयो।
सभामा नेवार समुदायको महत्वपूर्ण पर्व क्वाँटी पूर्णिमा पालन विषयमा चर्चा परिचर्चा गरियो। गत वर्षहरु झैं यसपाली पनि नेवार समुदायको महत्वपूर्ण पर्व क्वाँटी पूर्णिमा आगामी 9 अगस्तको दिन खरसाङमा पालन गरिने छ। उक्त क्वाँटी पूर्णिमाको अवसरमा खरसाङमा लाखे नृत्यसितै विभिन्न सांस्कृतिक झाँकीहरुका साथमा रैली निकालिने र खरसाङको पार्क लोकेशनस्थित गोर्खा सार्वजनिक भवनमा पुगेर विभिन्न सांस्कृतिक कार्यक्रमहरुको साथमा क्वाँटी पूर्णिमा कार्यक्रम आयोजना गरिने भएको छ।
उक्त कार्यक्रममा नेवार समुदायको महत्वपूर्ण पर्व क्वाँटी पूर्णिमा विषयमा चर्चा परिचर्चा गरिनुका साथै विभिन्न ओहोदामा पुगेका नेवार समुदायका विभिन्न व्यक्तिहरुलाई सम्मान जनाइने अलङ्कार प्रधानले जानकारी गराएका छन्।
हिन्दुस्थान समाचार / हनोक