रविन्द्रनाथको पुण्यतिथिमा ममता ब्यनर्जीले गरिन् भावुक ट्वीट, भनिन्-'भाषामाथि भइरहेको हमलाविरूद्ध हाम्रा प्रेरणा हुन् गुरूदेव'
रविन्द्रनाथको पुण्यतिथिमा ममता ब्यनर्जीले गरिन् भावुक ट्वीट, भनिन्-'भाषामाथि भइरहेको हमलाविरूद्ध हाम्रा प्रेरणा हुन् गुरूदेव'


कोलकाता, 7 अगस्त (हि.स.)। विश्वकवि रविन्द्रनाथ ठाकुरको पुण्यतिथिमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले भावनात्मक ट्वीट गरी उनलाई श्रद्धाञ्जली अर्पण गरेकी छन्। उनले गुरुदेवलाई हाम्रा प्राणहरूका ठाकुर भनेर स्मरण गर्दै उनका विचारहरूलाई आजको समयमा झन् बढ़ी प्रासंगिक रहेको बताइन्।

बिहिवार माइक्रो ब्लगिंग साइट एक्समा मुख्यमन्त्रीले आफ्नो सन्देशमा लेखिन्, गुरूदेव हरेक दिन, हरेक पल हाम्रो चारैतिर उपस्थित रहन्छन्। आज मात्र बंगला भाषा बोलेका कारणले मानिसहरूमाथि हमला भइरहेको अवस्थामा रविन्द्रनाथ ठाकुरले नै हामीलाई संघर्ष गर्ने प्रेरणा दिन्छन्। ममताले यस अवसरमा बंगाली भाषामाथि भइरहेको कथित हमलालाई लिएर गहिरो पीड़ा पनि व्यक्त गरिन्। उनले भनिन्, रविन्द्रनाथ जस्ता महान प्रतिभाको भाषामाथि नै हमला हुन्छ भने यो दुःखदायी मात्र नभएर अत्यन्त मर्माहत पार्ने पनि छ।

मुख्यमन्त्रीले आफ्नो ट्वीटमा गुरूदेवको प्रसिद्ध पंक्ति “चित्त जेथा भयशून्य, उच्च जेथा शिर” ! (जहाँ हृदय भयमुक्त, त्यहाँ शिर उच्च हुन्छ)- को उल्लेख गर्दै भनिन्, भयमुक्त भारतको निर्माणमा रविन्द्रनाथ हाम्रा ध्रुवतारा हुन्।

मुख्यमन्त्रीले यो पनि भनिन्, शान्तिनिकेतनबाट गुरूदेवलाई प्रणाम गर्दै राज्य सरकारले 'भाषा हिंसा' विरोधी आन्दोलन शुरू गरेको छ। उनले दोहोऱ्याइन्, जबसम्म बंगाली भाषाप्रति दुर्भावना औ हमला जारी रहन्छ, तबसम्म यो आन्दोलन जारी रहनेछ। यस संघर्षका मार्गदर्शक रविन्द्रनाथ ठाकुर नै हुन्। मुख्यमन्त्रीले आह्वान गर्दै भनिन्, आजको दिन नयाँ संकल्प लिने दिन हो— हामी बंगाली भाषामाथि कुनै सत्तात्मक हमलालाई स्वीकार गर्नेछैनौं।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande