खरसाङ, 07 अगस्त (हि.स.)। भर्खरै हाकिमपाड़ा, सिलगढ़ीमा गोर्खे चेलीहरूलाई गरेको जातीगत आक्षेप, अपशब्द र अभद्र व्यवहारप्रति गोर्खा जन पुस्तकालय, खरसाङले प्रतिवाद जनाएको छ। जनपुस्तकालय खरसाङका मूल सचिव विनोद रसाइलीले आज विज्ञप्ति जारी गरेर भारतजस्तो बहुभाषी, बहुजाति, बहुसंस्कृति र बहुधर्मावलम्बी रहने विशाल देशमा यस किसिमको घट्ना घट्नु अति दुर्भाग्यपूर्ण हो भनी बताएका छन्।
उनले यस घटनाले सामाजिक सौहार्द र शृङ्खलामा ठूलो नोक्सान हुनसक्छ भन्दै प्रशासनले यस विषयलाई गम्भीरतापूर्वक लिएर दोषीहरूप्रति आवश्यक कार्वाही गर्नुपर्छ भनेका छन्। उनले भने, हाम्रा चेलीबेटीहरूको सुरक्षा सुनिश्चित गर्न प्रशासन चनाखो बस्न आवश्यक छ। यसबेला हामी सबैले सयम र धैर्य राख्नु अति आवश्यक छ, ताकि यस किसिमको घटनाले सामाजिक सद्भावनामा कुअसर नपरोस्।
हिन्दुस्थान समाचार / हनोक