काठमाण्डौं, 07 अगस्त (हि.स.)। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निमन्त्रण दिन भारतका विदेश सचिव विक्रम मिश्रीले काठमाण्डौंको दौड़ाह गर्नेछन्।
नेपालका विदेश सचिव अमृत राईको निमन्त्रणमा भारतका विदेश सचिव 17 अगस्तमा काठमाण्डौं आउनेछन्। नेपालको विदेश मनत्रालयको तर्फबाट दिइएको जानकारी अनुसार, विक्रम मिश्री 17-18 अगस्त दुई दिनको यात्रामा आइरहेका छन्।
यस भ्रमणमा भारतीय विदेश सचिवले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनलाई भारत भ्रमणको निम्ति औपचारिक निमन्त्रण सुम्पिनेछन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट पठाइएको निमन्त्रण पत्र ओलीलाई सुम्पिनका साथै गत एक वर्षको लामो प्रतिक्षापछि यो भ्रमण सुनिश्चित हुनेछ।
प्रधानमन्त्री ओली 16-17 सेप्टेम्बरमा भारत भ्रमणमा आउने सम्भावना छ। यसबारे नेपालको प्रधानमन्त्री कार्यालय र नेपालको विदेश मन्त्रालयको तर्फबाट अगावै जानकारी दिइएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी