सीमामा छात्राहरूले बीएसएफ जवानहरूलाई राखी बाँधे
सीमामा छात्राहरूले बीएसएफ जवानहरूलाई राखी बाँधे


सिलगढ़ी, 8 अगस्त (हि.स)। सम्पूर्ण देशमा उल्लासको साथमा रक्षाबन्धनको तयारी भइरहेको छ। चेलीहरूले आफ्ना माइतीहरूको लागि राखीको तयारी गरिरहेका छन् भने माइतीहरूले पनि आफ्ना चेलीहरूलाई विशेष उपहार दिने तयारी गरिरहेका छन्। देशका सीमाहरूको रक्षार्थ रात-दिन तैनाथ रहने जवानहरू रक्षाबन्धनको अवसरमा आफ्नो घरमा जान पाउँदैनन्। उनीहरूको नाड़ी खाली हुन्छ। त्यसैले बीएसएफ सीनियर सेकेण्डरी रेसिडेन्शल स्कूलका छात्राहरूले बीएसएफको फुलबाड़ी बोर्डर आउट पोस्ट (बीपीओ)-मा तैनाथ जवान तथा अदिकारीहरूलाई राखी बाँधे।

बीएसएफ सीनियर सेकेण्डरी रेसिडेन्शल स्कूलकी प्रिन्सिपल भावना मिश्राको नेतृत्वमा टीचर्स एवं छात्राहर फुलबाड़ी बोर्डर आउट पोस्टममा पुगे। त्यहाँ तैनाथ 60-70 जना जवान तथा अधिकारीहरूको नाड़ीमा राखी बाँधे अनि मिठाई खुवाए। यस भावुक क्षणमा भावना मिश्राले भने, हाम्रो सुरक्षा अनि देशको सम्मानमा सीमामा तैनाथ सैनिकहरू होली-दिपावली अनि रक्षाबन्धन जस्ता पर्वहरूमा घर जान पाउँदैनन्। उनीहरूको सम्मान र उनीहरूलाई रक्षासूत्रमा बाँध्नको लागि यस कार्यक्रमको आयोजन गरिएको हो। यसले हाम्रार वीर सपूतहरूलाई आभास गराउँछ कि सम्पूर्ण देश तपाईहरूको साथमा छ। बीएसएफले स्कूलको यस पहलको स्वागत गर्दै भरोसा दिलायो, देशको रक्षा र सुरक्षा उनीहरूको सर्वोत्तम प्राथमिकताहरूभित्र पर्दछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande