गान्तोक, 08 अगस्त (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले शुक्रवार बिहान आफ्नो आधिकारिक आवासमा श्रीबदम गुम्पाका परम पूज्य ल्हातुल रिम्पोछेसॅंग शिष्टाचार भेट गरे। उक्त जानकारी मुख्यमन्त्रीले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा दिएका छन्।
मुख्यमन्त्री तामाङले आज बिहान आफ्नो आधिकारिक आवासमा श्रीबदम गुम्पाका परम पूज्य ल्हातुल रिम्पोछेसॅंग भेट गर्नु साँच्चै एक धन्य र आध्यात्मिक रूपमा समृद्ध अनुभव थियो भनी बताएका छन्। यस बैठकमा उहॉंको दिव्य आशीर्वाद प्राप्त गर्ने र पारस्परिक कल्याण, आध्यात्मिक विकास तथा करुणा एवं सद्भावको शाश्वत मूल्यहरूमाथि विचारहरूको सार्थक आदान-प्रदानको एक बहुमूल्य अवसर प्रदान गरेको उल्लेख गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल