यरूशलम, 08 अगस्त (हि.स.)। इजराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले स्पष्ट गरेका छन् कि उनको देशले गाजामाथि पूर्ण कब्जा गर्ने उद्देश्य राख्दैन तर गाजालाई हमासदेखि मुक्त गरेर एक शान्तिपूर्ण प्रशासन स्थापित गर्ने उद्देश्य राख्दछ। यो बयान यस्तो समय आएको छ, जब सुरक्षा क्याबिनेटले गाजा सिटीमा नियन्त्रणको निम्ति अभियानको ठूलो विस्तारलाई अनुमति दिएको छ।
शुक्रवार सोशल मीडियामा जारी सन्देशमा नेतन्याहूले भने, गाजालाई निरस्त्र गरिनेछ र त्यहाँ एक नागरिक प्रशासन स्थापित हुनेछ, जो न त फिलीस्तीनी प्राधिकरण हुनेछ, न हमास न त अन्य कुनै आतङ्की संगठन। यो हाम्रा बन्धकहरूलाई मुक्त गराउने र भविष्य़मा गाजालाई इजराइलको निम्ति खतरा बन्नदेखि रोक्नमा मद्दत गर्नेछ।
बिहिवार एक टीवी इन्टरभ्यूमा उनले गाजामाथि पूर्ण नियन्त्रणको संकेत दिएका थिए तर अन्तरराष्ट्रिय प्रतिक्रिया र सहयोगीहरूको चिन्तापछि उनले आफ्नो भाषा नरम गरे। विश्लेषकहरूको भनाई छ, कब्जा शब्ददेखि जोगिने एक कारण यो पनि हो कि कानूनी रूपमा यसो भए इजराइललाई त्यहाँ बुनियादी सेवाहरू उपलब्ध गराउने बाध्यता हुनेछ।
नेतन्याहूले जर्मन चान्सलर फ्रेडरिक मर्जसित कुराकानीमा पनि यही रबैया दोहोऱ्याए औं जर्मनीको हतियार निर्यात निलम्बनमा निःराशा व्यक्त गरे।
हिन्दुस्थान समाचार / भवानी थामी