आतिशी र आआप नेताले बाढ़ी प्रभावितहरूको लागि गोहीको आँशु बगाइरहेका छन्ः वीरेन्द्र सचदेवा
आतिशी र आआप नेताले बाढ़ी प्रभावितहरूको लागि गोहीको आँशु बगाइरहेका छन्ः वीरेन्द्र सचदेवा


नयाँ दिल्ली, 10 सेप्टेम्बर (हि.स.)। दिल्ली भाजपा अध्यक्ष वीरेन्द्र सचदेवाले बुधवार आम आदमी पार्टी (आआपा)- की नेता औ दिल्ली विधानसभामा नेता प्रतिपक्ष आतिशीले बाढ़ी प्रभावित एवं कृषकहरूलाई लिएर गरेको बयानबाजीलाई लज्जास्पद बताउँदै उनको आलोचना गरे।

सचदेवाले भने, आतिशी र अन्य आआप नेताहरूले बाढ़ी प्रभावित तथा किसानहरूको नाममा गोहीको आँशु बगाइरहेका छन्। दश वर्षसम्म सत्तामा बसेर आआप सरकारले दिल्लीका किसानहरूलाई प्राकृतिक आवदामा कुनै राहत दिएन साथै केन्द्र सरकारको सहयोगलाई पनि बाधा दियो।

सचदेवाले बताए, कंग्रेसकी शीला दीक्षित सरकारले पछिल्लो 2010- सालमा दिल्लीलाई प्राप्त कृषि राज्यको दर्जालाई समाप्त गरिदिएकी थिइन् जसपश्चात अरबिन्द केजरीवालको आआप सरकारसित किसानहरूले लगातार दश वर्षसम्म यस दर्जालाई बहाल गर्ने माग गरिरहे, तर उनीहरूको मागलाई बेवास्ता गरियो। कृषि राज्यको दर्जा नभएको कारणले दिल्लीका किसानहरूलाई ट्र्याक्टर र अन्य कृषि सम्बन्धि उपकरणहरूमा छुट प्राप्त हुँदैन, न त प्राकृतिक आपदाको समयमा केन्द्र सरकारको सहायता नै पाउँछन्।

सचदेवाले भने, दिल्लीका बाढ़ी प्रभावितहरूको नाममा देखावटी सहानुभूति जताउनकोसट्टा आआप नेताहरूले पञ्जाबका बर्बाद भएका किसान तथा गरीबहरूको चिन्ता गर्नुपर्छ।

सचदेवाले आआप नेताहरूसित अपील गरे, उनीहरूले बयानबाजी गर्न छोड़ेर बाढ़ी प्रभावित क्षेत्रहरूमा राहत कार्यमा सहयोग गरून् अनि दिल्लीका कृषकहरूलाई उनीहरूको हकको क्षतिपूर्ति दिलाउनमा मद्दत गरून्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande