राहुल गान्धीको भ्रमणलाई लिएर भाजपाको विरोध, राज्यमन्त्री धरनामा
राहुल गान्धीको भ्रमणलाई लिएर भाजपाको विरोध, राज्यमन्त्री धरनामा


रायबरेली,10 सेप्टेम्बर (हि. स.)। राहुल गान्धीलाई आफ्नो संसदीय क्षेत्रमा विरोधको सामना गर्न परिरहेको छ। राज्यका राज्यमन्त्री दिनेश प्रताप सिंहले राहुलको मार्गमा बसेर धरना दिए अनि उनलाई फिर्ता गराउने माग गरे। यस अवधि पुलिसका अधिकारीहरूले उनलाई उठाउने चेष्टा गरिरहे। भाजपा कार्यकर्ता र पुलिसमाझ धक्का-मुक्का पनि भयो। भाजपा कार्यकर्ताहरूले 'राहुल फर्क'- को नारा लगाइरहेका छन्।

वास्तवमा कंग्रेस सांसद एवं लोकसभामा नेता प्रतिपक्ष राहुल गान्धी आफ्नो संसदीय क्षेत्रको दुुई दिवसीय दौड़ाहमा आज रायबरेलीमा आइपुगेका छन्। यहाँ आउने क्रममा उनलाई भाजपा कार्यकर्ताहरूको व्यापक विरोधको सामना गर्नुपऱ्यो। रायबरेलीस्थित बटोही रिसोर्ट सामु सयकड़ौं कार्यकर्ताहरूलाई राज्यमन्त्री (स्वतन्त्र प्रभार) दिनेश प्रताप सिंह धरनामा बसे। उनले राहुल गान्धीलाई फर्काउने माग गर्दै भने, उनले रायबरेलीलाई छक्याएका छन्। यस अवधि प्रशासनिक अधिकारीहरूले उनलाई सम्झाउने प्रयास गरिरहे। यसै कारणले एक किलोमीटर टाड़ा नै राहुलको लस्करलाई रोक्नुपऱ्यो। भाजपा कार्कर्ताहरूले व्यापक नाराबाजी गरे। यद्यपि केही क्षण पश्चात मन्त्री दिनेश प्रताप सिंह त्यहाँबाट गए। तब मात्र राहुल गान्धी आफ्नो कार्यक्रम स्थलमा पुग्न सके।

राहुल गान्धीले आफ्नो संसदीय क्षेत्रको दुई दिवस भ्रमणान्तर्गत जिल्ला विकास समन्वय एवं निगरानी समिति (दिशा)- को बैठकको अध्यक्षता गर्नेछन्, उनले कंग्रेस पदाधिकारी तथा कार्यकर्ताहरूसित सम्वाद गर्नेछन् साथै क्षेत्रमा भइरहेका विकास योजनाहरूको प्रगतिको समीक्षा अनि केही सड़क र अन्य कामहरूको शिलान्यास गर्नेछन्। राहुलको यस भ्रमणलाई आगामी पञ्चायत चुनाउको पृष्ठभूमिमा महत्वपूर्ण मानिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande