कोलकाता, 10 सेप्टेम्बर (हि.स.)। दक्षिण 24 परगनाको भांगड़मा गए मंगलवार अबेरर रात भएको सड़क दुर्घटनामा एकजना युवकको घटनास्थलमै मृत्यु भयो भने अन्य दुईजना घाइते भए। दुर्घटनापछि क्षेत्रमा व्यापक तनाउ उत्पन्न भयो। स्थानीय मानिसहरूले स़ड़क जाम गरेर विरोध प्रदर्शन गरे।
पुलिस सूत्र अनुसार मृत युवकको पहिचान मुस्ताकिन मोल्ला (22)- को रूपमा भएको छ जो उत्तर 24 परगनाको हाड़ोआ थाना क्षेत्र निवासी थिए। जानकारी अनुसार गए मंगलवार राती मुस्ताकिन मोटर साइकलमा सवार भएर न्यूटाउनदेखि घर फर्किरहेका थिए। यसै क्रममा विपरीत दिशाबाट आइरहेको अर्को तीव्र गतिको बाइकसित उसको बाइक ठोक्कियो। घटनापछि मुस्ताकिन सड़कमा लड़े। यसै अवधि पछाड़िबाट आइरहेको मिक्सिंग प्लान्टको डम्परले उसलाई कुल्चियो जसले गर्दा उसको घटनास्थलमै मृत्यु भयो। घाइतेहरूलाई तत्कालै अस्पतालमा भर्ती गरियो।
घटनाको सूचना पाउनसाथ पोलेरहाट थानाको पुलिस र भांगड़ ट्राफिक गार्ड घटनास्थलमा पुग्यो। तर मृतकको शवलाई कब्जामा लिने क्रममा पुलिसलाई स्थानीय मानिसहरूको विरोधको सामना गर्नुपऱ्यो। उनीहरूको आरोप थियो, पोलेरहाट-पाकापोल रोडको अवस्था लामो समयदेखिकै जीर्ण भएको छ। ठाउँ-ठाउँमा खाल्डोहरू परेकाले तथा अनियमित मरम्मतको कारणले लगातार दुर्घटनाहरू हुँदै आइरहेका छन्। मानिसहरूले प्रशासनको उदासीनलाई यस मृत्युको निम्ति जिम्मेवार ठहराए।
स्थानीयहरूले चेताउनी दिएका छन्, यदि सड़कको तत्काल मरम्मत गरिएन भने उनीहरू आन्दोलनमा गर्न बाध्य हुनेछन्। पुलिसको हस्तक्षेप पश्चात स्थिति नियन्त्रित भयो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा