जलपाईगुड़ी ,10 सेप्टेम्बर (हि.स.)। 'तपाईहरू ढुक्कले सुत्नुहोस्', हामी सम्हाल्नेछौं। मुख्यमन्त्री ममता ब्यार्जीले राज्यवासीहरूलाई आश्वासन दिएकी छन्। वास्तवमा छिमेकी राष्ट्र नेपाल अशान्तिको आगोमा सल्किरहेको छ।मुख्यमन्त्रीले जलपाईगुड़ीमा उभिएर यसप्रति आफ्नो चिन्ता व्यक्त गरिन्। उनले भनिन्, राज्य सरकारले एक-दुई दिनभित्रमा सबैलाई नेपालबाट फर्काउने व्यवस्था गर्नेछ। हतार नगर्नुहोस्, आफै जोखिम नउठाउनुहोस्।
उल्लेखनीय छ, मुख्यमन्त्री ममता ब्यानर्जी उत्तर बंगालको तीन दिवसीय भ्रमणमा गए मंगलवार आइपुगेकी छन्। बुधवार उनले जलपाईगुड़ीमा आयोजित एक सरकारी कार्यक्रममा सामेल भएर चिया श्रमिकहरूलाई भूमिको पट्टा वितरण सहित केही परियोजनाहरूको उद्घाटन अनि शिलान्यास गरिन्। यस अवधि उनले मञ्चबाट सगरमाथाको देश नेपालको अस्थिर स्थितिको बारेमा राज्यवासीहरूलाई आश्वस्त पार्दै भनिन्, हाम्रो छिमेकी देश समस्यामा परेको छ। म हिजो रातभरि नै उत्तरकन्यामा थिएँ। तपाईहरू ढुक्क भएर सुत्न सक्नुहुन्छ। हाम्रो प्रशासनले यसमाथि नजर राखिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा