नयाँ दिल्ली, 10 सेप्टेम्बर (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले बुधवार मानव व्यवहार एवं सम्बद्ध विज्ञान संस्थान (इहबास)- को निरीक्षण गरिन्। उनले यहाँ उपचाराधिन रोगीहरूसित बातचित पनि गरिन्।
मुख्यमन्त्रीले यहाँ पत्रकारहरूसित बातचित गर्दै भनिन्, यसै वित्तीयवर्षमा इहबास अस्ताललाई अत्याधुनिक मशिन, नयाँ भवन, ओपीडी तथा आधुनिक सुविधाहरू उपलब्ध गराइनेछ। उनले भनिन्, पछिल्लो सरकारको असफलताको सबैभन्दा ठूलो प्रमाण इहबास अस्पतालको दुर्दशा हो। अब दिल्लीका मानिसहरूले समयमै गुणस्तरीय उपचार र आधुनिक स्वास्थ्य सेवा पाउनेछन्।
दिल्लीको दिलशाद गार्डनस्थित इहबास एक प्रमुख मानसिक स्वास्थ्य औ तन्त्रिका विज्ञान अनुसन्धान संस्थान हो। यसले रोगीहरूलाई उच्च स्तरीय हेरचाह, शिक्षण, प्रशिक्षण एवं अनुसन्धान सेवाहरू प्रदान गर्दछ। यो भारत एवं विश्वकै अग्रणी मानिसक स्वास्थ्य संस्थानहरूमध्ये एक हो। यहाँ दिनहुँ तीन-चार हजार ओपीडी हुन्छ।
मुख्यमन्त्रीले भनिन्, पछिल्लो सरकारले यति ठूलो सम्पत्तिलाई अदेखा गऱ्यो। वर्ष 2012-देखि अहिलेसम्ममा इहबासमा नयाँ एमआरआई तथा सीटी स्क्यान मशिन समेत उपलब्ध गराइएको छैन। यो लापरवाही त्यस पछिल्लो सरकारको संवेदनहीनताको प्रमाण हो जसले जनताका आवश्यकताहरूलाई अदेखा गऱ्यो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा