दिल्लीकी मुख्यमन्त्री, विधानसभा अध्यक्ष एवं सांसदहरूले नवनिर्वाचित उपराष्ट्रपतिसित भेट गरी दिए शुभकामना
दिल्लीकी मुख्यमन्त्री, विधानसभा अध्यक्ष एवं सांसदहरूले नवनिर्वाचित उपराष्ट्रपतिसित भेट गरी दिए शुभकामना


नयाँ दिल्ली, 10 सेप्टेम्बर (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ता, विधानसभा अध्यक्ष विजेन्द्र गुप्ता सहित भाजपा सांसदहरूले बुधवार नवनिर्चावित उपराष्ट्रपति सीपी राधाकृष्णनसित भिन्न-भिन्नै रूपमा भेट गरी उनलाई शुभकामना दिए।

मुख्यमन्त्री रेखा गुप्ताले एक्समा पोस्ट गर्दै लेखिन्, ‘’राधाकृष्णनको दीर्घ राजनीतिक अनुभव, जनसेवाप्रति समर्पण औ लोकतान्त्रिक मूल्यहरूप्रति अटुट निष्ठाले निश्चित रूपमा सदनको गरिमालाई नयाँ शिखरमा पुऱ्याउनेछ तथा संवैधानिक परम्पराहरूलाई अझ बढ़ी सुदृढ़ बनाउनेछ ही।‘

विधानसभा अध्यक्ष विजेन्द्र गुप्ताले बुधवार सीपी राधाकृष्णनसित भेट गरी उनलाई शुभकामना दिए। उनले एक्स पोस्टमा लेखे, “तपाईको व्यापक अनुभव, दूरदर्शी नेतृत्व एवं राष्ट्रहितप्रति अटुट प्रतिबद्धताले निश्चय नै लोकतान्त्रिक मूल्यहरूलाई अझ सशक्त बनाउनेछ अनि देश प्रगतिको यात्रालाई नयाँ गति दिनेछ।‘

भाजपा सांसद मनोज तिवारी, बाँसुरी स्वराजले पनि सीपी राधाकृष्णनसित भेट गरी उनलाई शुभकामना दिए। उनीहरूले एक्समा पोस्ट गर्दै लेखे, “तपाईको समृद्ध अनुभव एवं विचारशील नेतृत्व लोकतान्त्रिक मूल्यहरूको सशक्तिकरणमा माइल खुट्टी सिद्ध हुनेछ।“

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande