ईडी अधिकारी भएर व्यापारीहरूबाट असुली गर्ने जिन्नार अलीको सम्पत्ति जफत
ईडी अधिकारी भएर व्यापारीहरूबाट असुली गर्ने जिन्नार अलीको सम्पत्ति जफत


कोलकाता, 10 सेप्टेम्बर (हि. स.)। प्रवर्तन निदेशालय (ईडी)- को कोलकाता कार्यालयले शेख जिन्नार अली नामक व्यक्तिको लगभग 22 करोड़ रुपियाँ बराबरको चल-अचल सम्पत्तिलाई अस्थायी रूपमा जफत गरेको छ। अलीमाथि आरोप छ, उसले ईडी अधिकारी भएर व्यापारीहरूबाट पैसा असुल्दै आइरहेको थियो।

ईडी अनुसार जफत गरिएको सम्पत्तिमा पूर्व बर्दवान जिल्लास्थित 10 अचल सम्पत्ति र ब्यांक खाताहरूमा जमा राशि सामेल छन्। यो कारबाही मनी लण्ड्रिंग निवारण अधिनियम (पीएमएलए)- 2002 अन्तर्गत गरिएको हो। एजेन्सीले अगस्तको अन्तिम सप्ताहमा आरोपीविरूद्ध विशेष पीएमएलए अदालतमा अभियोजन सिकायत पनि दर्ता गराएको थियो।

ईडीद्वारा बुधवार सुबह जारी बयानमा बताइएको छ, जाँचको शुरूआत बिधाननगर दक्षिण थानामा दर्ता एक एफआईआरको आधारमा भयो। आरोपीले ईडी अधिकारी भएर एकजना व्यवसायीबाट धन आर्जन गर्ने षड़यन्त्र रचेको थियो। उसले फोनमा आफूलाई ईडी अधिकारी बताएर व्यापारीहरूसित सम्पर्क गर्थ्यो र जाली समन जारी गरी व्यापारीहरूलाई बिधाननगर पुलिस आयुक्तालय कार्यालयमा बोलाउँथ्यो।

बयान अनुसार आरोपीले व्यवसायीहरूको व्यवसायिक गतिविधिमाथि प्रश्न उठाउँदै वित्तीय खाताहरूमा कथित गड़बड़ीको चर्चा गर्थ्यो। वैधताको आभास गराउनको लागि आरोपी ट्योटा फर्चुनर कारमा सवार भएर आउँथ्यो जसमा ईडीको छाप लागेको हुन्थ्यो। उसले व्यवसायीहरूलाई ईडी र सीबीआईको कारबाही तुरून्त हुनसक्छ भनेर चेताउनी दिँदै उनीहरूबाट पैसा असुल गर्दथ्यो।

धम्की दिेएको कारणले पीड़ित व्यवसायी 1.30 करोड़ रुपियाँ नगद अनि 20 लाख रुपियाँ ब्यांक खातामा जमा गराउन बाध्य भए। अन्ततः जुलाई, 2025-मा ईडीले जिन्नर अलीलाई पक्राउ गऱ्यो जो हाल न्यायिक हिरासतमा छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande