सिलगढ़ी, 10 सेप्टेम्बर (हि.स.)। हात्तीको हमलामा एकजना बुजुर्ग महिलाको मृत्यु भयो। घटना थानझोरा चिया बगानको तीन नम्बर लाइनमा भएको हो। मृतकाको पहिचान शान्ति मुण्डा (65)-को रूपमा भएको छ। महिला सोही गाउँकी थिइन्। यस घटनापछि क्षेत्रमा शोक व्याप्त भएको छ।
स्थानीय मानिसहरूले बताए, शान्ति मुण्डा बुधवार बिहान दिशा-पिसाबको लागि घरदेखि बाहिर गएकी थिइन्। यसै अवधि अचानक एउटा हात्तीले तिनीमाथि हमला गऱ्यो जसले गर्दा तिनको घटनास्थलमै मृत्यु भयो। बुजुर्ग महिलाको शवलाई लड़िरहेको देखेर स्थानीय मानिसहरूलेवन विभाग र पुलिसलाई सूचित गरिदिए। त्यसपछि टुकरियाझार रेञ्ज र खोरीबाड़ी थानाको पुलिसले घटनास्थलमा पुगेर शवलाई कब्जामा लिई थानामा ल्यायो। शवलाई पोस्टमर्टम गर्नको लागि उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा पठाइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा