तमिलनाडुको कृष्णगिरीमा एउटै परिवारका चारजना सदस्यहरूले ड्याममा हाम फाले, दुई जनाको डुबेर मृत्यु
तमिलनाडुको कृष्णगिरीमा एउटै परिवारका चारजना सदस्यहरूले ड्याममा हाम फाले, दुई जनाको डुबेर मृत्यु


कृष्णगिरी, 10 सेप्टेम्बर (हि.स.)। तमिलनाडुको कृष्णागिरीमा आन्ध्र प्रदेशका निवासी एउटै परिवारका चारजना सदस्यहरूले बुधवार कृष्णगिरी जलाशय परियोजना बाँध (केआरपी)-मा हाम फाले जसमध्ये दुई जनाको मृत्यु भयो भने दुई जनालाई मछुआराहरूले बचाए। स्थानीय पुलिसले यस घटना पछाड़िको कारण पत्तो लगाउन जाँच शुरू गरेको छ।

कृष्णागिरीका केआरपी ड्याम पुलिस अनुसार यस परिवारका मुखिया लक्ष्मण मूर्ति एक जना वरिष्ठ पुलिस अधिकारी थिए। उनी कृष्णागिरी जिल्लामै तैनाथ थिए। बुधवार लक्ष्मण मूर्ति (50), उनकी पत्नी ज्योति (40), छोरी कीर्तिका (20) र ज्योतिकी माा शारदामल (75)-ले कृष्णागिरी केआरपी बांधमा हेर्दा-हेर्दै हाम फाले। त्यसताक नजिकै माछा मारिरहेका केही मछुआराहरूले यो दृश्य देखेर तुरून्त पानीभित्र पसे अनि उनीहरूलाई बचाउने चेष्टा गरे। ज्योति र उनकी छोरी कीर्तिकालाई मछुआराहरूले बचाए पनि लक्ष्मण मूर्ति र शारदा मललाई बचाउन सकेनन्। उनीहरूको डुबेर मृत्यु भयो।

स्थानीय मानिसहरूको सूचनामा केआरपी ड्याम पुलिस घटनास्थलमा पुग्यो अनि बचाइएका मानिसहरूलाई उपचारको निम्ति कृष्णागिरी सरकारी अस्पतालमा पुऱ्यायो जहाँ उनीहरूको उपचार भइरहेको छ। पुलिसले मृतकहरूको शवलाई पोस्टमर्ट गर्नको लागि पठाइदिएको छ।

केआरपी ड्याम पुलिसले मामिला दर्ता गरी एउटै परिवारका चार जना सदस्यहरू किन आत्महत्या गर्न बाध्य भए, पत्तो लगाउन जाँच गरिरहेको छ। पारिवारिक विवाद यस आत्महत्याको कारण रहेको पुलिसको प्रारम्भिक जाँचमा सामु आएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande