सिलगढ़ी, 10 सेप्टेम्बर (हि.स.) नेपालमा व्याप्त राजनीतिक संकटबीच पश्चिम बंगालका राज्यपाल सीवी आनन्द बोस बुधवार अपरान्ह खोरीबाड़ीस्थित भारत-नेपाल सीमाको निरीक्षण गर्न पुगे। मुख्यमन्त्री ममता ब्यानर्जी पनि हिजो मात्र उत्तर बंगाल भ्रमणमा आएकी छन्।
नेपाल संकटको प्रभाव भारतमा पर्न नदिनका लागि पश्चिम बंगाल संलग्न भारत-नेपाल सीमालाई अस्थायी रूपमा बन्द गरिएको छ। यसको साथै सुरक्षा कारण अन्तर्राष्ट्रिय सीमामा सतर्कतलाई अझ बढ़ाइएको छ। सशस्त्र सीमा बल (एसएसबी)-को सहयोगको निम्ति पश्चिम बंगाल पुलिसलाई पनि तैनाथ गरिएको छ। तथापि नेपालका केही क्षेत्रहरूको स्थिति नियन्त्रणमै रहेको सूचना प्राप्त भए पनि अहिलेसम्म कतिपय क्षेत्रमा तनाउ भइनै रहेको छ।
स्मरण गराइन्छ, नेपालमा सोशल मीडियामाथि प्रतिबन्ध लगाइएको तथा भ्रष्टाचारको मुद्दालाई लिएर त्यहाँका युवाहरू ठूलो संख्यामा सड़कमा उत्रेर सरकार विरूद्ध विद्रोहको बिगुल फुकेका थिए। यसबाट सम्पूर्ण नेपालको स्थिति तनाउपूर्ण भएको थियो। यस अवधि उत्तेजित युवाहरूले संसद भवन सहित संसदहरूका निजी एवं सरकारी भवनमा आगो लगाइदिएका थिए। प्रधानमन्त्री लगायत केही मन्त्री एवं वरिष्ठ नेताहरू भीड़को शिकार भए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा