जलपाईगुड़ी, 10 सेप्टेम्बर (हि. स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जी वर्तमानमा तीन दिवसीय उत्तरबंगाल भ्रमणमा छन्। बुधवार उत्तरकन्यादेखि सरकारी सेवा वितरण कार्यक्रममा जाने क्रममा उनले शिरीषतला क्षेत्रमा अचानक आफ्नो वाहनहरूको लस्करलाई रोकेर सड़क किनारमा उभिएका मानिसहरूसित भेट गरिन्।
यस अवधि मुख्यमन्त्रीले त्यहाँ उपस्थित स्थानीय मानिसहरू र विद्यार्थीहरूसित बातचित गरिन्, नानीहरूप्रति प्रेमभाव प्रदर्शन गरिन् साथै कतिपय मानिसहरूसित हात मिलाइन्। मानिसहरूले पनि मुख्यमन्त्रीलाई आफू समक्ष पाउँदा उत्साह व्यक्त गरे। त्यसपछि ममता ब्यनर्जी कार्यक्रम स्थलतर्फ प्रस्थान भइन्। बिहीवार उनको कोलकाता फर्किने कार्यक्रम रहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा