जलपाईगुड़ी, 10 सेप्टेम्बर (हि.स.)। सुप्रीम कोर्टले भोटर सूचीमा नाम दर्ता गराउनको लागि आधार कार्डलाई 12औं मान्य दस्तावेजको रूपमा मान्यता दिएको छ। यस फसेलालाई स्वागत गर्दै पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले बुधवार जलपाईगुड़ीमा आयोजित सरकारी कार्यक्रमबाट जिल्ला प्रशासनलाई यस सम्बन्धमा आवश्यक कदम उठाउने निर्देश दिइन्। मुख्यमन्त्रीले भनिन्, “म डीएमलाई भन्नेछु कि जोसित आधार कार्ड छैन, उनीहरूको निम्ति ‘दुआरे सरकार’ कार्यक्रमको माध्यमबाट आधार कार्ड बनाउने व्यवस्था गरून्।”
ममता ब्यानर्जीले मानिसहरूसित अपील गरिन्, आफ्नो नाम भोटर सूचीमा छ कि छैन लगातार जाँच गरिरहनुपर्छ एकपटक मात्र हेरेर हुनेवाला केही छैन। आगामी छ-सात महिनासम्मै नियमित रूपमा हेर्नुपर्छ। यदि नाम छैन भने उनीहरूले भन्नेछन् एनआरसी गराऊ।
यता बिहारमा भोटर सूचीको स्पेशल इंटेंसिव रिभीजनलाई लिएर सुप्रीम कोर्टमा केही याचिकाहरू दर्ता गरिएको थियो। तृणमूल कंग्रेस पनि यस मामिलाको पक्षकार थियो र सांसद महुआ मोइत्राले पनि व्यक्तिगत याचिका दर्ता गरेकी थिइन्। लगभग सबै विपक्षी दलहरूले आधार कार्डलाई वैध दस्तावेज मान्नुपर्ने माग गरेका थिए जसमाथि सुप्रीम कोर्टले मोहर लगाइदिएको छ। चुनाउ आयोगले बिहारका मुख्य निर्वाचन अधिकारीलाई निर्देश पठाएको छ।
यस कार्यक्रममा ममता ब्यानर्जीले शिक्षक नियुक्ति विवादमापि पनि प्रतिक्रिया व्यक्त गर्दै भनिन्, अदालतको आदेशमा परीक्षा भइरहेको छ। अन्य मामिलाहरूमा कानूनी विशेषज्ञहरूबाट सल्लाह लिरहेको छ। कठिनाई समाप्त हुनसाथ हामी प्रक्रियामा साथ रहनेछौं। यस अतिरिक्त हाल म योभन्दा अधिक भन्न सक्दिनँ।
मुख्यमन्त्रीले भनिन्, स्कूल सर्भिस कमिशनले 35 हजार पदको लागि परीक्षा आयोजना गरिरहेको छ र आगामी दिनमा 21 हजार पदमा नियुक्ति हुनेछ। उनले विपक्षलाई लक्षित गर्दै भनिन्, नियुक्ति प्रक्रिया शुरू हुनसाथ जहिले पनि विपक्षले अदालतको ढोका ढकढकाउँछ। म त नोकरी दिन चाहन्छु, तर उनीहरू रोक्न चाहन्छन्। भोटमा हार्छ अनि अदालतमा जान्छ।
ममताले यो पनि भनिन्, सोशल मीडियामा दिनहुँ जसो नै मेरो अपमान गरिरहेको छ। यदि मेरो ठाउँमा अन्य कोही भएको भए लाजले राजीनामा दिसक्थे। तर मैले छोड़्यो भने लुटेराहरूले सबै लुट्नेछन्। उनीहरू बंगाललाई गुजरात बनाउन चाहन्छन्, तर हामी यस्तो हुन दिनेछैनौं। बंगाललाई कसैले कन्ट्रोल गर्न सक्दैन। बंगाललाई बंंगालीले नै चलाउनेछ, दिल्लीले होइन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा