गान्तोक, 10 सेप्टेम्बर (हि.स.)। नामथाङ रातेपानी निर्वाचन क्षेत्रबाट आज एसडीएफ र सीएपीका लगभग 200 जना एसकेएम पार्टीमा सामेल भएको दाबी गरिएको छ। निर्वाचन क्षेत्रको एसकेएम पार्टी कार्यालयमा आयोजित एक सामेल कार्यक्रममा सबैलाई स्वागत जनाइयो।
कार्यक्रममा नामथाङ रातेपानी निर्वाचन क्षेत्रका विधायक सन्जित खरेल, ठेकादार संगठनका अध्यक्ष सहदेव शर्मा, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ, एसकेएम सीईसी उपाध्यक्ष भीम ढुङ्गेल, युवा उपाध्यक्ष नरेन्द्र श्रेष्ठ, प्रवक्ता कविता सापकोटा आदि उपस्थित थिए।
विधायक खरेलले नयॉं सदस्यहरूलाई एसकेएम पार्टीमा स्वागत जनाउॅंदै सामूहिक प्रगति र समावेशी विकासको आश्वासन दिए। यसरी नै राजनीतिक सचिव खालिङले एसकेएम पार्टीको भिजनमाथि प्रकाश पार्दै विधायक खरेलले क्षेत्रमा आवश्यक विकास कार्यहरू गरिरहेको र जनताका मागहरूलाई सम्बोधन गर्ने कार्य पनि गरिरहेको बताए।
हिन्दुस्थान समाचार / बिशाल