मतुआ महासंघले तृणमूल सांसद महुआ मोइत्रा विरूद्ध एफआईआर दर्ता गरायो
मतुआ महासंघले तृणमूल सांसद महुआ मोइत्रा विरूद्ध एफआईआर दर्ता गरायो


कोलकाता, 10 सेप्टेम्बर (हि. स.)। पश्चिम बंगालमा मतुआ समुदायको एक प्रमुख संस्था अखिल भारतीय मतुआ महासंघको लिगल सेलले तृणमूल कंग्रेसकी लोकसभा सांसद महुआ मोइत्रामाथि नदिया जिल्लाको हरिनगर थानामा एफआईआर दर्ता गराएको छ। आरोप छ, मोइत्राले हालैमा जिल्लाको कृष्णनगरमा आयोजित एक सार्वजनिक सभामा समुदायमाथि आपत्तिजनक टिप्पणी गरेकी थिइन्।

गए मंगलवार अबेर साँझ एफआईआर दर्ता गर्ने लिगल सेलको नेतृत्व तृणमूलकी राज्यसभा सांसद ममता बाला ठाकुरले गरिरहेकी छन्। महासंघले चेताउनी दिएको छ, यदि यस मामिलामा उचित कारबाही भएन भने उनीहरूले अदालतको ढोका ढकढकाउने छन्।

स्मरण गराइन्छ, बितेको सप्ताह महासंघले मुख्यमन्त्री ममता ब्यानर्जीलाई पत्राचार गरी माग गरेको थियो, महुआ मोइत्राले आफ्नो एन्टी-मतुआ बयानमाथि सार्वजनिक रूपमा माफी मागुन्। यसपूर्व महासंघले बयान जारी गरी उनको टिप्पणीको निन्दा पनि गरेको थियो। तर मोइत्राले न त बयान फिर्ता लिइन् न माफी नै मागिन् जसपश्चात अब कानूनी कारबाही गरिएको छ।

कृष्णानगरकी सांसद मोइत्राले सभामा भनेकी थिइन्, यो कस्तो राजनीति हो, वर्षभरि तपाईहरू तृणमूलको पक्षमा बस्नुहुन्छ, तर चुनाउ आउनसाथ परम्परागत हिन्दूले जस्तै व्यवहार गर्नुहुन्छ? काम चाहिँदा, विकास योजनाहरू चाहिँदा, सड़क चाहिँदा तपाईहरू ममता ब्यानर्जीलाई सम्झ्नुहुन्छ। भत्ता लिनको लागि काठको चुरा लगाएर आउनुहुन्छ। तर चुनाउ आएपछि के हुन्छ? मलाई थाहा छ मेरो भाषणको भीडियो भाइरल हुन्छ, तर मलाई कुनै परवाह छैन।

मतुआ समुदाय मूल रूपले शरणार्थी पृष्ठभूमिबाट आएको पछौटे वर्गीय हिन्दू समाज हो जो बंगलादेशदेखि आएर नदिया र उत्तर 24 परगना जिल्लामा बसेको छ। वर्ष 2019-देखि नै यस समुदायलाई भाजपाको एक सशक्त भोट ब्यांक मानिँदैछ। पछिल्लो वर्ष 2024-को लोकसभा चुनाउमा पनि तृणमूल कंग्रेसले राज्यभरि जीत हासिल गर्दा मतुआ बहुल बनगाउँ र रानाघाट सीटमा भाजपालाई बहुमत प्राप्त भएको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande