दार्जिलिङ, खरसाङ, मिरिक र रङ्ली रङ्लियट खण्डमा 257 वटा पोलि हाउसहरु वितरण गरिने
Poly house distribution


खरसाङ, 10 सेप्टेम्बर (हि.स.)। जीटीएको बागवानी विभागले यसपाली दार्जिलिङ, खरसाङ, मिरिक र रङ्ली रङ्लियट खण्डमा जम्मा 257 वटा पोलि हाउसहरु वितरण गर्ने भएको छ। यस विषयमा खरसाङमा पत्रकारहरुलाई सम्बोधन गर्दै जीटीएको बागबानी विभागका एमओडी सभासद प्रणाम रसाइलीले यसपाली जम्मा 257 वटा पोलि हाउसहरु वितरण गर्ने जानकारी गराएका छन्।

उनले बताए अनुसार, पोलि हाउसहरु वितरण गर्ने कार्य 11 सेप्टेम्बरदेखि शुरु गरिने छ। 11 सेप्टेम्बरमा खरसाङ खण्डको लागि 21 वटा, 12 सेप्टेम्बरमा मिरिक खण्डको लागि 62 वटा, 18 सेप्टेम्बरमा रङ्ली रङ्लियट खण्डको लागि 89 वटा र दार्जिलिङको लागि 85 वटा गरी जम्मा 257 वटा पोलि हाउसहरु वितरण गरिने छ। यसका साथै फूलखेती गर्ने कृषकहरुका लागि यसपाली 100 वटा पोलि हाउसहरु वितरण गरिने सभासद रसाइलीले बताएका छन्।‌

उनले जीटीए प्रमुख अनित थापाको सहयोग अनि पहलमा चियाबारी क्षेत्रमा पनि बागबानी विभागले काम गर्ने अवसरहरु साथै परिणाम प्राप्त गर्ने‌ काम गर्ने अवसर पाएको बताए। उनले मिरिकमा फूल खेतीलाई लिएर बागबानी विभागको तर्फबाट मिरिकमा सेमिनार आयोजना गरिने र यसको लागि मिरिक क्षेत्रमा रहेका जति पनि नर्सरीहरुले विभागसित सम्पर्क गरेर फूल खेतीमा रहेका समस्याहरु बताइदिन साथै सुझाउहरु राखिदिने आह्वान् पनि गरेका छन्।

उनले यसको लागि यो सप्ताहभित्र विभागीय सर्वेक्षण गरेर कार्य अघि बढाउने र यसको लागि मिरिक नगरपालिकाका चेयरम्यान एलबी राई, सभासद मिलेस राई लगायत अन्यहरु सभासदहरुसित पनि कुरा गरिसकेको बताए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande