सिलगढ़ी, 10 सेप्टेम्बर (हि. स.)। सिलगढ़ी थानाको पुलिसले टोटो चोरीको आरोपमा गए मंगलवार अबेर राति दुई जना आरोपीलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीहरूको नाम महफुज आलम र कबीर आलम रहेको छ। आरोपीहरूबाट पुलिसले टोटो पनि जफत गरेको छ।
पुलिस सूत्र अनुसार गत 8 सेप्टेम्बरको दिन अरविन्दपल्ली क्षेत्रबाट टोटो चोरी भएको थियो। टोटो मालिकले 9 सेप्टेम्बरको दिन सिलगढ़ी थानामा सिकायत दर्ता गराएका थिए। सोही आधारमा जाँचमा जुटेको पुलिसले सिलगढ़ीको बर्दवान रोडबाट गए राति टोटोलाई जफत गऱ्यो साथै टोटो चोरीको आरोपमा दुई जनालाई पक्राउ पनि गऱ्यो। जाँचबुझमा आरोपीहरूले बताए, चोरेको टोटोलाई इल्सामपुरमा बेच्ने योजना बनाएको थियो। सिलगढ़ी थानाको पुलिस मामिलाको अग्रिम कारबाहीमा जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा