आत्महत्या समाधान होइन, यो एक कमजोर मानसिकता हो: मुख्यमन्त्री मोहन माझी
आत्महत्या समाधान होइन, यो एक कमजोर मानसिकता हो: मुख्यमन्त्री मोहन माझी


भुवनेश्वर, 10 सेप्टेम्बर (हि.स.)। विश्व आत्महत्या निवारण दिवसमा ओडिशाका मुख्यमन्त्री मोहन माझीले भने, आत्महत्या कुनै पनि समस्याको समाधान होइन जबकि एक कमजोर मानसिकता हो। उनले सोशल मीडियाको माध्यमबाट भने, राज्य सरकारद्वारा आत्महत्या रोकथामको निम्ति राज्यव्यापी अभियान ‘जीवन जिन्दाबाद’ शुरुगरिएको छ। उनले यस अवसरमा मानिसहरूसित जीवनप्रति सकारात्मक दृष्टिकोण अप्नाउने आह्वान गरे।

मुख्यमन्त्रीले आफ्नो सन्देशमा लेखे, “आउनुहोस् संकल्प गरौं – समस्याहरूसित लड़ौं, जीवनलाई प्रेम गरौ तथा आत्महत्यालाई रोक्नको लागि व्यापक सामाजिक जागरूकता फैलाऔं। जीवन ईश्वरको अनमोल उपहार हो र कुनै पनि समस्या यस्तो छैन ज सको समाधान सम्भव छैन।”

उनले युवाहरूलाई विशेष रूपमा अपील गर्दै भने, सरकार सदैव नागरिकहरूको हरेक सानो-ठूलो समस्या समाधान गर्नको लागि उनीहरूको साथमा उभिएको छ। यदि कसैलाई व्यक्तिगत रूपमा ब्ल्याकमेल वा उत्पीड़नको सामना गर्न परिरहेको छ भने तुरून्त सम्बन्धित प्राधिकारीहरूला सूचित गरियोस् ताकि दोषीहरू विरूद्ध कड़ा कारबाही गर्न सकियोस्।

मुख्यमन्त्रीले भने, आत्महत्याबाट परिवारले आजीवन पीड़ा र दुर्दशा झेल्नुपर्छ। त्यसैले यस दिवसमा हामी सबैले यो संकल्प लिनुपर्छ कि जीवनलाई खुशी र उल्लासपूर्वक जिउनेछौं साथै समस्याहरूको समाधान परिवार र सरकारको सहयोगमा गर्नेछौं।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande