जम्मू, 10 सेप्टेम्बर (हि.स.)। जम्मू-कश्मीरको डोडा जिल्लामा तनाउ यथावत छ जसकारण संवेदनशील क्षेत्रहरूमा अतिरिक्त सुरक्षा बललाई तैनाथ गरिएको छ।
अधिकारीहरूले बताए, डोडा शहर र यस वरपरका क्षेत्रहरूलाई सील गरिएको छ साथै जिल्लाका संवेदनशील क्षेत्रहरू क्रमैले भद्रवाह, गंडोह, भलेसा, चिल्ली पिंगल, कहारा औ थाथरीमा अतिरिक्त सुरक्षाकर्मीहरूलाई तैनाथ गरिएको छ।
बुधवार असहज शान्ति रह्यो जहाँ आआप विधायक मेहराज मलिकलाई जन सुरक्षा अधिनियम अन्तर्गत हिरासतमा लिइएको विरोधमा प्रदर्शनकारीहरू र सुरक्षा बलहरूमाझ झड़प भएपछि निषेधाज्ञा लागू गरियो। यस प्रतिबन्धको घेरालाई भद्रवाह उपत्याकासम्म बढा़इएको छ भने शहरका सबै पसल एवं व्यवसायिक प्रतिष्ठानहरू बन्द छन्।
गए मंगलवार भएको झड़पमा दुई जना अधिकारीहरू सहित न्यूनतम आठजना पुलिसकर्मीहरू घाइते भएका छन्। मलिकलाई पीएसए अन्तर्गत हिरासतमा लिइएको तथा कथित रूपमा सार्वजनिक व्यवस्था भंग गरेको आरोपमा कठुआ जेलमा थुनिएपछि प्रदर्शन शुरू भएको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा