कंग्रेसका शीर्ष नेताहरूको बंगाल भ्रमण, 2026-को विधानसभा चुनाउमा माकपा-कंग्रेस गठबन्धनमाथि हुनसक्छ फसेला
कंग्रेसका शीर्ष नेताहरूको बंगाल भ्रमण, 2026-को विधानसभा चुनाउमा माकपा-कंग्रेस गठबन्धनमाथि हुनसक्छ फसेला


कोलकाता, 10 सेप्टेम्बर (हि. स.)। पश्चिम बंगालमा संगठनलाई धार लगाउने औ आगामी वर्ष 2026-को विधानसभा चुनाउको लागि ठोस रणनीति बनाउने उद्देश्यले कंग्रेस हाइकमाण्ड सक्रिय भएको छ। पार्टीका राष्ट्रिय महासचिव (संगठन) के.सी. वेणुगोपाल, कर्णाटकबाट राज्यसभा सांसद नासिर हुसैन एवं अखिल भारतीय युवक कंग्रेसका वरिष्ठ नेता कन्हैया कुमार आगामी सप्ताह कोलकाता आइरहेका छन्।

प्रदेश कंग्रेसका एकजना वरिष्ठ नेताले नाम उजागर नगरिदिने शर्तमा बुधवार बताए, वेणुगोपालले 11 सेप्टेम्बरको दिन शहरमा पार्टीको महत्वपूर्ण बैठक गर्नेछन्। यसमा प्रदेश कंग्रेस अध्यक्ष शुभंकर सरकार र राज्य प्रभारी गुलाम अहमद मीरसित विस्तृत मन्थन हुनेछ। पार्टीले यसलाई आगामी विधानसभा चुनाउको दृष्टिले निर्णायक बताएको छ।

त्यसपछि आगामी 15 सेप्टेम्बरमा नासिर हुसैन र कन्हैया कुमारले उत्तर कोलकातास्थित राममोहन हलमा कार्यकर्ताहरूसित सम्वाद गर्नेछन्। आशा छ, यस अवसरमा केही पूर्व वामपन्थी नेताहरूले कंग्रेसको सदस्यता ग्रहण गर्न सक्नेछन्।

प्रदेश अध्यक्ष शुभंकर सरकारको नेतृत्वमा संगठनात्मक ढाँचामा ठूलो फेरबदल गरिएको छ। जिल्लाको संख्या 28देखि बढ़ाएर 33 वटा बनाइएको छ ताकि कार्यकर्ताहरूलाई अधिक अवसर र जिम्मेवारी दिन सकियोस्। 11-देखि आगामी 15 सेप्टेम्बरबीच केन्द्रिय नेताहरूको सबै जिल्लाध्यक्ष एवं विभिन्न मोर्चाका पदाधिकारीहरूसित लगातार बैठक हुनेछ। यस अवधि विधानसभा चुनाउमा माकपा र कंग्रेसबीच गठबन्धनलाई लिएर अन्तिम फसेला लिनसक्छ।

प्रदेश कंग्रेस प्रवक्ता अशोक भट्टचार्यले भने, यस अवधिमा आगामी वर्ष 2026-को विधानसभा चुनाउको रोडम्याप तय गरिनेछ। उनले दाबी गरे, पार्टी पूर्ण शक्ति र एकजुट भएर चुनावी मैदानमा उत्रिनेछ।

यसै क्रममा प्रदेश कंग्रेसले चुनाउ समिति, राजनीतिक मामिलाहरूको समिति तथा कार्यकारिणी गठन गरेरको छ। अर्कोतिर मीडिया प्रबन्धन टीमले ‘मीडिया ट्यालेन्ट हन्ट’ कार्यक्रम शुरू गरेको छ जसको माध्यमबाट बंगाली, हिन्दी, अंग्रेजी एवं उर्दू भाषाहरूमा प्रवक्ताहरूको नयाँ टीम बनाइनेछ।

पार्टी सूत्रको मान्यता अनुसार यो सक्रियता यस्तो समयमा देखिँदैछ जतिबेला राज्य कंग्रेस भविष्यको सम्भावित चुनावी साझेदारीलाई लिएर असमञ्जस्यमा छ। 2016 सालदेखि नै चलिआएको वाम मोर्चासित सीट बाँड़फाँड़को परम्परा जारी रहनेछ वा कंग्रेस तृणमूलको साथमा नयाँ समीकरणको दिशामा अगाड़ि बढ़्नेछ, यसमाथि अन्तिम निर्णय आगामी हप्ता हुनेछ। प्रदेश अध्यक्ष शुभंकर सरकारले स्पष्ट रूपमा भनेका छन्, गठबन्धनलाई लिएर अन्तिम निर्णय पार्टी हाइकमान वा एआईसीसीले नै गर्नेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande