हरिश्चन्द्रमा तृणमूलको गुटीय संघर्ष, नेताहरूको घरमा हमला
हरिश्चन्द्रमा तृणमूलको गुटीय संघर्ष, नेताहरूको घरमा हमला


मालदह, 10 सेप्टेम्बर (हि. स.)। पश्चिम बंगालमा तृणमूल कंग्रेसभित्र लगातार गुटबाजी बढ़्दै गइरहेको छ। मालदह जिल्लाको हरिश्चन्द्रपुर क्षेत्रमा सगठनिक फेरबदल पश्चात स्थिति बिग्रिेको छ। आरोप छ, गए मंगलवार अबेर राती केही तृणमूल नेता तथा पञ्चायत सदस्यहरूको घर अनि पसलमा हमला गरियो, वाहनहरू तोड़फोड़ गरियो, एकजना पञ्चायत सदस्यलाई मार्ने प्रयास समेत गरियो, तथापि तिनी बच्न सफल भए।

यस घटनाको आरोप सोझै रूपमा स्थानीय मन्त्री, उनका भाइ र समर्थकहरूमाथि लगाइएको छ। विरोधमा तृणमूलकै एउटा गुट सड़कमा उत्रियो अनि राज्य राजमार्ग अवरोध गरी विरोध प्रदर्शन गऱ्यो। उनीहरूको माग छ, हमलाकारीहरूलाई तुरून्त प्कराउ गरियोस्।

जानकारी अनुसार हालैमा हरिश्चन्द्रपुर-1 (ए) ब्लकमा तृणमूल कंग्रेसमा सांगठनिक फेरबदल गरिएको थियो। यसमा जिल्ला परिषद सदस्य बुलबुल खानका निकटवर्ती जियाउर रहमानलाई ब्लक अध्यक्ष पदबाट हटाएर मन्त्री समर्थक मोशरफ हुसैनलाई अध्यक्ष बनाइएको छ। युवा तृणमूलको अध्यक्षता पनि मन्त्री समर्थक विजय दासलाई नै दिइयो जसमाथि आरोप छ, उनीहरूलाई कहिल्यै पनि पार्टीको सक्रिय कार्यकर्ता मानिएन। यसै निर्णयबाट असन्तोष गहिरियोअनि मंगलवार राती स्थिति विस्फोटक भयो।

बुधवार बिहानदेखिकै क्षेत्रमा तनाउ कायम छ।पुलिस घटनास्थलमा तैनाथ हुँदाहुँदै पनि हमलाकारीहरू खुल्ला रूपमा घुमिरहेको, पुलिस भने मूकदर्शक भएको स्थानीयहरूले आरोप लगाएका छन्।

यसबीच भाजपाले पनि यस घटनामाथि तीव्र प्रतिक्रिया व्यक्त गरेको छ। भाजपाका जिल्लाध्यक्ष अजय गांगुलीले भने, मन्त्रीको भाइले शक्ति देखाउनको लागि यस किसिमको हिंसा गराइरहेको छ। पहिला पनि उसले मञ्चबाट उत्तेजित भाषण दिएर उत्तेजना फैलाएको थियो जसको मुद्दा अहिले पनि चलिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande