मालदह, 10 सेप्टेम्बर (हि.स.)। मालदह जिल्लामा बुधवार भएको सड़क दुर्घटनामा एउटा द्रूत गतिको पिकअप भ्यानको ठक्करले दुई जना छात्रहरूको मृत्यु भयो। मृत छात्रहरूको नाम तन्मय प्रामाणिक र मोहम्मद रेहान हो। दुवै नै पुखुरिया थानाको श्रीपुर बल्लभपुर क्षेत्रका निवासी थिए।
जानकारी अनुसार दुवै छात्र सामसी एग्रिल हाई स्कूलका विद्यार्थी थिए। बुधवार उनीहरूको अंग्रेजी भाषाको परीक्षा थियो। परीक्षा केन्द्र रतुआ हाई स्कूल निर्धारित थियो। दुवै साथी बाइकमा सवार भएर परीक्षा दिन गइरहेका थिए। सामसी मतिगञ्जदेखि केही पर पुगेपछि रतुआबाट आइरहेको एउटा पिकअप भ्यानले उनीहरूको बाइकलाई ठक्कर दियो। यस भयानक घटनामा दुवैको घटनास्थलमै मृत्यु भयो।
दुर्घटनापछि रतुआ-सामसी राज्य सड़कमा लामो जाम लाग्यो। खबर पाएर सामसी फाड़ीको पुलिस घटनास्थलमा पुग्यो अनि शवहरूलाई उद्धार गरी सामसी ग्रामी अस्पतालमा पुऱ्यायो।
प्रत्यक्षदर्शीहरूले बताए, बाइक र पिकअप भ्यानको आपस्तमा सोझो भिड़न्त भएको थियो। ठक्करपछि दुवै छात्र सड़कमा लड़े अनि उनीहरूको टाउकोलाई पिकअपले कुल्चियो। दुर्घटनापछि वाहन चालक घटनास्थलबाट भाग्यो। पुलिसले पिकअपलाई जफत गरी चालकलाई खोजिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा