सोनीपतमा महिलाबाट 4.17 लाख ठगी, जाँच आरम्भ
सोनीपतमा महिलाबाट 4.17 लाख ठगी, जाँच आरम्भ


सोनीपत, 10 सेप्टेम्बर (हि.स.)। सोनीपतमा साइबर ठगहरूले एकजना महिलाबाट लाखौं रुपियाँ ठगेको मामिला सामु आएको छ। ठगहरूले आफूलाई ब्यांक अधिकारी बताएर क्रेडिट कार्डको लिमिट बढ़ाउने बहानामा महिलाको खातासित सम्बन्धित महत्वपूर्ण जानकारी हासिल गरे। त्यसपछि ठगहरूले महिलाको खाताबाट 4.17 लाख रुपियाँ नक्कली खातामा ट्रान्सफर गराए।

पुलिस अनुसार शहरको सुन्दर सांवरी कलोनी निवासी रानीलाई गत 30 अगस्तको दिन मोबाइलमा कल आयो। कल गर्नेले आफूलाई ब्यांक अधिकारी बताउँदै क्रेडिट कार्डको लिमिट बढ़ाउने कुरा गऱ्यो। रानीले पनि आफ्नो क्रेडिट कार्ड र ब्यांक खाताको सम्पूर्ण जानकारी साझा गरिन्। जानकारी पाउनसाथ ठगहरूले नक्कली दस्तावेजको आधारमा नयाँ खाता खोलाेर रानीको खाताबाट रुपियाँ ट्रान्सफर गराए। आफ्नो खाताबाट रुपियाँ निकालिएको थाहा लागेपछि रानी तुरून्त साइबर थाना पुलिसमा पुगिन् अनि सिकायत दर्ता गराइन्। पुलिसले मामिला दर्ता गरी जाँच शुरू गरेको छ। पुलिसले ब्यांक अधिकारीहरूसित सम्पर्क गरी ठगहरूसम्म पुग्ने प्रयास गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande