हमीरपुर, 10 सेप्टेम्बर (हि.स.)। उत्तर प्रदेशमा हमीरपुर जिल्लाको कराना थाना क्षेत्र स्थित एक गाउँमा भएको सामूहिक दुष्कर्मको घटनामा घाइते गर्भवती एवं मन्दबुद्धि महिलाको बुधवार उपचार भइरहेको समय मृत्यु भयो। पुलिसले यस घटनामा फरार दुई आरोपीलाई हिरासतमा लिएको छ।
कुरारा थाना प्रभारी नन्दराम प्रजापतिले बताए, तीन दिन अगाड़ी थाना क्षेत्रको एउटा गाउँमा तीन वर्षदेखि माइतामा बसिरहेकी मन्दबुद्धि महिलालाई गाउँकै दुई व्यक्तिले घरबाट खेतमा लगेर पहिले गर्भपातको दवाई खुवाए र फेरि क्रमैपछि उसित बलात्कार गरे। यस घटनामा पीड़िताको अवस्था खराब हुँदा उलाई सदर अस्पतालमा भर्ती गराइएको थियो। उसको अवस्था लगातार खराब हुँदा चिकित्सकहरूले उलई कानपुर रेफर गरेका थिए। बुधवार उपचार भइरहेको समय पीड़िताको मृत्यु भयो।
थाना प्रभारी नन्दराम प्रजापतिले बताए, घटनाको रिपोर्ट गाउँकै रामबाबू र मुन्नीलाल विरूद्ध दर्ता छ। दुवै आरोपी हिरासतमा लिएर सोधपुछ गरिँदैछ। आज पीड़िताको मृत्युको खबर पाइएको छ। पुलिस अग्रिम कारबाहीमा जुटेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी