सिरसामा छप्पर ढल्दा युवक घाइते
सिरसामा छप्पर ढल्दा युवक घाइते


सिरसा, 10 सेप्टेम्बर (हि.स.)। हरियाणाको सिरसाको चोरमार गाउँमा बुधवार बिहानै रविदासको घरको छप्पर ढल्दा उ घाइते भयो र घरेलू समान नष्ट भयो। उसलाई कालांवालीको सामुदायिक स्वास्थ्य केन्द्रमा भर्ती गराइयो। वर्षाको कारण कागदाना गाउँमा पनि धेरै कच्चा घरहरूको छप्पर ढल्यो। ग्रामीणहरूले प्रशासनसित क्षतिपूर्तिको माग गरेका छन्।

छिमेकी सुरेन्र्त बांसल र अन्य ग्रामीणहरूले बताए, रविदास अविवाहित हो र उसको परिवार अत्यन्तै गरीब छ। घाइते युवककी आमा लिछमा देवी बाबा रामदेव मन्दिरको पुजारी हुन् र राति मन्दिरमै सुत्छिन्। हिजो वर्षाको कारण रविदासको घरको छप्पर ढल्यो। वर्षाको कारण फसहरूलाई पनि भारी नोकसान भएको छ। अर्कोतिर, चोपटा कस्बाको गाउँ कामदानामा पनि वर्षाले धेरै कच्चा घरहरूलाई नोकसान भएको छ। ग्रामीण ओमप्रकाश, प्रेम आदिले बताए, उनीहरूको घर कच्चा छ र वर्षाको कारण छप्पर ढलेको छ। ग्रामीणहरूले सरकारसित आर्थिक मद्दतको गुहार लगाएका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande