वाशिङ्गटन, 10 सेप्टेम्बर (हि.स.)। राष्ट्रपति डोनाल्ड जे. ट्रम्पले आगामी हप्ता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसॅंग कुरा गर्ने इच्छा व्यक्त गरेका छन्। उनले दुई नेताहरू कठिन व्यापार विवाद समाधान गर्न सहमतिमा पुग्न सक्षम हुनेछन् भनी आशा व्यक्त गरेका छन्।
ब्लूमबर्ग डट कम अनुसार, ट्रम्पले 9 सेप्टेम्बरमा सोशल मिडियामा लेखे, 'मलाई यो घोषणा गर्न पाउँदा खुसी लागेको छ कि भारत र संयुक्त राज्य अमेरिकाले हाम्रा दुई देशहरू बीचको व्यापार अवरोधहरू हटाउन वार्ता जारी राखेका छन्। म आगामी हप्ताहरूमा मेरा धेरै मिल्ने मित्र प्रधानमन्त्री मोदीसँग कुरा गर्न उत्सुक छु। मलाई विश्वास छ कि हाम्रा दुवै महान देशहरूको लागि सफल निष्कर्षमा पुग्न कुनै कठिनाइ हुनेछैन!'
वाशिङ्गटन र नयाँ दिल्लीबीचको सम्बन्धको सकारात्मक मूल्याङ्कन गर्ने ट्रम्पको टिप्पणी यस्तो समयमा आएको हो जब अमेरिकी राष्ट्रपतिले युरोपेली संघका नेताहरूलाई भारत र चीनमाथि कर बढाउन दबाउ दिइरहेका छन्, जसले गर्दा यी देशहरूलाई रूसबाट ऊर्जा खरिद गरेकोमा दण्डित गर्न सकियोस्।
ट्रम्पले मंगलवार भएको बैठकमा यूरोपेली संघका अधिकारीहरूलाई भने, यदि उनीहरूले रूसी राष्ट्रपति व्लादिमीर पुतिनमाथि यूक्रेनसॅंग युद्धविराम वार्तामा सामेल हुनका लागि दबाउ दिन भारत र चीनमाथि नयॉं कर लगाउॅंछन् भने आफू उनीहरूसॅंग सामेल हुन तयार छन्। यस चर्चासॅंग परिचित सूत्रहरूले उक्त जानकारी दिए। एक सूत्रले भने, अमेरिका यूरोपले दुई देशहरूमाथि लगाएको नयॉं कर समान कर लगाउन तयार छ।
हिन्दुस्थान समाचार / बिशाल