नेपाल पुलिसको जेलहरूबाट भागेका कैदीहरूसित आत्मसमर्पणको आह्वान
नेपाल


काठमाण्डौं, 12 सेप्टेम्बर (हि.स.)। नेपाल पुलिसले देशव्यापी अपील जारी गरी फरार कैदीहरू र बन्दीहरूसित तुरन्तै छेवैको सुरक्षा प्राधिकरणलाई रिपोर्ट गर्ने आग्रह गरेको छ। पुलिसले आह्वान गरेको छ कि सबै कैदी र बन्दीले आत्मसमर्पण गरुन्। 08 र 09 सेप्टेम्बरमा जेन जी समूहको हिंसक उपद्रव र आगलागीको कारण लगभग सात हजार कैदी देशभऱिका जेलरूबाट भाग्नमा सफल रहेका छन्।

द राइजिङ नेपाल समाचार पत्रको खबर अनुसार, नेपाल पुलिस मुख्यालयले बिहिवार जारी सार्वजनिक सूचनामा जेलहरू र पुलिस कार्यालयहरूमा तोड़फोड़ र आगलागीपछि फरार भएका सबै व्यक्तिहरूसित बिना कुनै ढिलाईको सुरक्षा एजेन्सीहरूसित सम्पर्क स्थापित गर्ने आह्वान गऱ्यो।

यो नगरे अतिरिक्त कानूनी परिणाम भोग्न पर्नसक्ने चेताउनी दिइएको छ। यद्यपि, पुलिसले जसले स्वेच्छाले आत्मसमर्पण गर्नेछन्, उनीहरूलाई अघिको दण्डात्मक कारबाहीदेखि बचाइनेछ भनी जोड दिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande