गान्तोक, 13 सेप्टेम्बर (हि.स.)। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले हिन्दी दिवसको पावन अवसरमा सिक्किमका जनतालाई हार्दिक शुभकामना व्यक्त गरेका छन्।
राज्यपालले आज जारी आफ्नो सन्देशमा भने, हिन्दी दिवसको अवसरमा म तपाई सबैलाई हार्दिक शुभकामना व्यक्त गर्दछु। हिन्दी केवल एक भाषा होइन, यो हाम्रो सांस्कृतिक चेतना, भावनात्मक अभिव्यक्ति र राष्ट्रिय एकताको सशक्त माध्यम हो। हिन्दीले उत्तरदेखि दक्षिण र पूर्वदेखि पश्चिमसम्म भारतलाई एक सूत्रमा बाँध्दै विविधतामा एकता मजबुत बनाउने काम गर्दछ।'
राज्यपालले सिक्किमजस्तो बहुभाषिक र बहुसांस्कृतिक राज्यमा हिन्दी संवादको पुल हो, समरसताको आधार हो, र सामाजिक सौहार्दको संवाहक हो भनी बताएका छन्।
राज्यपालले सबैलाई मिलेर हिन्दी भाषालाई केवल सम्मान मात्र नगरी, यसलाई हाम्रो दैनिक जीवनको अभिन्न हिस्सा बनाउन आह्वान गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल