गान्तोक, 13 सेप्टेम्बर (हि.स.)। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरसँग आज राजभवनमा नवगठित सिक्किम मारवाड़ी समाजका अध्यक्ष सज्जन अग्रवाल तथा कार्यकारिणी सदस्यहरूले शिष्टाचार भेट गरे।
भेटको क्रममा अध्यक्ष सज्जन अग्रवालले राज्यपाललाई समाजको आगामी योजनाहरूको बारेमा जानकारी गराए। उनले समाजले आफ्ना सदस्यहरूको सामाजिक, सांस्कृतिक र आर्थिक उन्नतिका लागि विभिन्न पहलहरू गर्ने योजना बनाएको बताए।
राज्यपालले नवगठित मारवाड़ी समाजलाई शुभकामना दिँदै सिक्किमको विविध सांस्कृतिक विरासतमा मेलमिलाप, समरसता र एकताको भावना सधैं प्रमुख रहिआएको बताए। उनले आशा व्यक्त गर्दै मारवाड़ी समाजले आफ्ना परम्परालाई जीवित राख्दै सिक्किमको सांस्कृतिक एकतालाई अझ सुदृढ बनाउनेछ र राज्यको विकासमा योगदान पुर्याउनेछ भनी आशा व्यक्त गरे।
राज्यपालले समाजलाई शुभकामना दिँदै समुदायहरूबीचको सद्भावना र सहकार्यको भावना नै राज्यको समुन्नत विकासको आधार रहेको बताउॉंदै सिक्किम मारवाड़ी समाज यस दिशामा अग्रसर हुने विश्वास व्यक्त गरे।
यो भेटघाट कार्यक्रम सिक्किमका विभिन्न समुदायहरूबीच आपसी समझदारी र सद्भावनाको भावना बढाउने एक महत्वपूर्ण कदम रहेको राजभवनले बताएको छ।
हिन्दुस्थान समाचार / बिशाल