नाम्ची, 13 सेप्टेम्बर (हि.स.)। मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिव विष्णु शर्माले आज क्युजिङ ब्लक अन्तर्गत लोवर लिङ्जूमा अग्नि पीडित बिमल राईसॅंग भेट गरेर आगलागीले पुऱ्याएको क्षतिबारे जानकारी लिएका छन्। गत 7 सेप्टेम्बर दिउॅंसो लगभग 12:30 बजी बिमल राईको घर आगलागीको चपेटमा परेर पूर्ण रूपमा ध्वस्त भएको थियो।
अतिरिक्त राजनीतिक सचिव शर्माको अगुवाईमा गएको भ्रमण टोलीमा राभाङलाका एडीसी (विकास) डीपी दाहाल, ओएसडी बुद्ध पार्क छितेन भोटिया आदि पनि सामेल थिए। टोलीले अग्नि पीडित परिवारलाई अत्यावश्यक सामग्रीहरू प्रदान गरेर सहयोग गरेको बताइएको छ।
भ्रमण टोलीले अग्नि पीडित परिवारलाई भोजन, आवास र अन्य बुनियादी आवश्यकताका साथै हर सम्भव सहायता प्रदान गर्ने आश्वासन दिए। टोलीले बर्फुङका विधायक भोलि भ्रमणमा आएर स्थितिको बारेमा जायजा लिने सन्देश पनि दिए।
यस अघि राभाङला महकुमा कार्यालयको तर्फबाट पीडित परिवारलाई आपदा प्रबन्धन नियम अनुसार राहत प्रदान गरेको अतिरिक्त राजनीतिक सचिवले विज्ञप्तिमा बताएका छन्।
हिन्दुस्थान समाचार / बिशाल