जोगमाया चियाबारीमा‌ बीस प्रतिशत बोनस वितरण
जोगमाया चियाबारीमा‌ बीस प्रतिशत बोनस वितरण


खरसाङ, 13 सेप्टेम्बर (हि.स.)। महानदी तीनधारे समष्टिको जोगमाया चियाबारीमा बीस प्रतिशतले बोनस वितरण गरिएको छ। बीस प्रतिशत दरले बोनस जोगमाया चियाबारीको श्रमिकहरुको खातामा पसेपछि हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन जोगमाया चियाबारी युनिटका पदाधिकारीहरुले प्रबन्धकसित भेट गरेर धन्यवाद दिएका छन्।

प्रबन्धकसित भेट गरेपछि पत्रकारहरुलाई सम्बोधन गर्दै हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन जोगमाया चियाबारी युनिटको सचिव सुरज मंगरले बीस प्रतिशत बोनसको दरले बोनस दिएकोमा मालिक पक्षलाई धन्यवाद दिए। उनले बीस प्रतिशत बोनसको लागि जीटीए प्रमुख अनित थापाले पहल गरिदिएकोमा धन्यवाद दिए भने युनियन र मालिक पक्षलाई पनि धन्यवाद दिएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande