खरसाङ नगरपालिकाद्वारा पैह्रो सफा गरेर रोड खोलाउने कार्य सम्पन्न
खरसाङ नगरपालिकाद्वारा पैह्रो सफा गरेर रोड खोलाउने कार्य सम्पन्न


खरसाङ, 13 सेप्टेम्बर (हि.स.)। खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर 6 अनि वार्ड नम्बर 1 डाक्टर अम्बेडकर बस्ती (मुर्दाहट्टी), अप्पर नयाँ बस्ती जाने बाटो हिजोको मुसलधारे पानीले बन्द भएको थियो। उक्त बन्द भएको रोड खोलाउन आज खरसाङ नगरपालिकाको पहलमा जेसीबी लगाइयो।

खरसाङको टीबी सेनिटोरियमको क्वार्टर क्षेत्रबाट भल आएर वार्ड नम्बर 6 को बाटोको छेउका दुईवटा घरभित्र भल पसेर क्षति भएको थियो। भलका कारण अप्पर शेर्पा बस्ती, अप्पर नयाँ बस्ती, टीबी सेनिटोरियम, अन्तिम संस्कार गरिने मुर्दाहट्टी (डाक्टर अम्बेडकर बस्ती) जाने मूल बाटो नै बन्द भएको थियो।

बन्द भएको रोड खरसाङ नगरपालिकाको पहल एवं डेपुटी म्याजिस्ट्रेट महकुमा कार्यालयको निगरानीमा बाटो र घरभित्र पसेको भल सफा गर्ने कार्य गरियो। यस अवधि खरसाङ नगरपालिकाका भाइस चेयरम्यान सुवास प्रधान, वार्ड नम्बर 6 को पूर्व पार्षद सञ्जय मुखिया साथै नगरपालिकाका अधिकारीहरु र कर्मचारीहरु उपस्थित उपस्थित थिए।

पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ नगरपालिकाका भाइस चेयरम्यान सुवास प्रधानले शुक्रवार परेको मुसलधारे पानीका कारण खरसाङको नयाँ बस्ती, टीभी सेनिटोरियम जाने रोड बन्द हुनुका साथै दुईवटा घरलाई क्षति पुगेको बताए। उक्त पैह्रोले वाधित रोड खोलाउन आज खरसाङ नगरपालिकाद्वारा जेसीबी लगाएर कार्य गरिएको उनले बताए।

उनले पैह्रोको रिपोर्ट प्राप्त भएपछि सभासद श्याम शेर्पाले स्थलगत भ्रमण गरी रोड खोलाउने कार्य गरेको बताए। उनले यो रोड पैह्रोले बन्द भएपछि अन्तिम संस्कारको लागि शव लैजान असुविधा भएको र हनुमानको मूर्ति भएर लैजानु पर्ने स्थिति उत्पन्न भएको थियो भनी बताए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande