गुवाहाटी, 14 सेप्टेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले आइतवार कांग्रेसमाथि तुष्टीकरणको राजनीति गरेको आरोप लगाउँदै कांग्रेसले देशकौंसम्म शासन गऱ्यो तर नर्थ-ईस्ट र असमलाई केवल हिंसा, विवाद र अलगावको राजनीति दिएको जबकि भाजपाको डबल इन्जिन सरकारले असमको पहिचान र विरासतलाई सशक्त गरी आधुनिक विकासतिर अग्रसर गरिरहेको बताएका छन्।
प्रधानमन्त्री असममा गोलाघाट जिल्लाको नुमालीगढ़मा असम बायो-एथेनल प्लान्टको उद्घाटन र पोलीप्रोपाइलीन प्लान्टको शिलान्यास गरेपछि एक जनसभालाई सम्बोधित गरिरहेका थिए। प्रधानमन्त्रीले आफ्नो दुई दिवसीय दौड़ाहमा असमलाई 18 हजार करोड़ रूपियाँभन्दा अधिकको विकास परियोजनाहरूको सौगात दिए। उनले भने, कांग्रेसले असम र पूर्वोत्तरलाई घाउ दियो, भोट ब्याङ्कको राजनीतिको निम्ति घुसपैठलाई बढ़ायो र जमीनहरु घुसपैठीहरूलाई आवंटित गऱ्यो। कांग्रेसले राज्यको जनसांख्यिकीसित खेलवाड़ गऱ्यो र असमवासीहरूलाई त्यसको मूल्य चुकाउनुपऱ्यो। हाम्रो सरकारले घुसपैठको यस समस्याको समाधन गर्ने संकल्प गरेको छ र मानिसहरूको जमीन फिर्ता गरिँदैछ।
उनले यो पनि याद दिलाए, कांग्रेस शासनमा बाँस काँट्नुमा रोक थियो र आदिवासी समाजका मानिस, जसको रोजमर्राको जिन्दगी बाँसमाथि निर्भर थियो, उनीहरूलाई जेल पठाइन्थ्यो। हाम्रो सरकारले यो प्रतिबन्ध हटाएर आदिवासीहरू र पूर्वोत्तरको जनतालाई राहत दियो र आज यही फसेलाले मानिसहरूलाई लाभ पुऱ्याइरहेको छ।
उनले भने, भाजपा सरकारले असमिया भाषालाई क्लासिकल भाषाको दर्जा दिएर उसको सांस्कृतिक महत्वलाई मान्यता दियो र लाचित बोरफुकनको विरासतलाई सम्मान दियो। डबल इन्जिन सरकारले असमको पारम्परिक पहिचानलाई आधुनिक आकांक्षाहरूसित जोड्दै एक नयाँ युगको शुरूआत गरिरहेको छ।
उनले गोलाघाटमा असम बायो-एथेनोल प्राइवेट लिमिटेड नुमालीगढ़ रिफाइनरीको सेकेन्ड जेनरेशन बायो-एथेनोल प्लान्टको उद्घाटन गरे। यो विश्वको पहिलो आधुनिक संयंत्र हो, जसमा बाँसबाट बायो-एथेनोल बनाइनेछ। यसका साथै उनले पोलीप्रोपाइलीन प्लान्टको शिलान्यास पनि गरे। प्रधानमन्त्रीले भने, यो संयंत्र असममा उद्योगहरूलाई बल दिनेछ, किसानहरू र युवाहरूका लागि नयाँ अवसरहरू श्रृजन गर्नेछ र असमको विकासलाई नयाँ गति दिनेछ। मेडिकल, पेकेजिंग र टेक्सटाइल सहित अनेक क्षेत्रहरूमा यी उत्पादहरूको उपयोग हुनेछ। यो संयंत्र मेक इन इण्डियालाई मजबूत बनाउनेछ।
उनले भने, सेमीकन्डक्टर मिशनमा पनि असमले महत्वपूर्ण भूमिका निभाइरहेको छ। मोरीगाउँमा सेमीकन्डक्टर फ्याक्ट्रीको निर्माण तीव्र गतिमा चलिरहेको छ, जसमाथि 27 हजार करोड़ रूपियाँ खर्चा गरिँदैछ। इलेक्ट्रोनिक चिप्स आज हरेक क्षेत्र – मोबाइल फोनदेखि लिएर हवाई जहाज र अन्तरिक्ष मिशनसम्म – को आत्मा हो र भारतलाई आत्मनिर्भर बनाउनमा असमको अहम भूमिका हुनेछ। असमको उप्जाऊ माटो र परिश्रमी मानिसहरूले असम चियालाई वैश्विक ब्राण्ड बनाएका छन्। आज भारत आत्मनिर्भरताको नयाँ युगतिर अग्रसर छ। ऊर्जा र सेमीकन्डक्टर यस यात्राका दुई अहम शर्तहरू हुन् र असम दुवै क्षेत्रहरूमा अग्रणी भूमिका निभाइरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी