गुजरातका राज्यपाल आचार्य देवव्रत महाराष्ट्रको अतिरिक्त कार्यभार सम्हाल्न मुम्बई पुगे
गुजरातका राज्यपाल आचार्य देवव्रत महाराष्ट्रको अतिरिक्त कार्यभार सम्हाल्न मुम्बई पुगे


गॉंधीनगर, 14 सेप्टेम्बर (हि.स.)। महाराष्ट्रको राज्यपालको रूपमा अतिरिक्त कार्यभार सम्हाल्न गुजरातका राज्यपाल आचार्य देवव्रत आइतवार मुम्बईसम्म रेल यात्रा गरे। यस यात्रामा लेडी गवर्नर दर्शना देवी पनि उनीसँगै थिइन्। हवाई यात्राभन्दा रेल यात्रालाई प्राथमिकता दिँदै राज्यपाल आचार्य आज अहमदाबादबाट तेजस एक्सप्रेस रेलबाट मुम्बई पुगेका थिए।

राज्य सूचना विभागले आफ्नो बयानमा भनेको छ, ट्रेनको निर्धारित समयभन्दा अघि राज्यपाल गॉंधीनगर राजभवनबाट अहमदाबाद रेलवे स्टेशन पुगेको थिए। बिहानको समयमा अहमदाबाद रेलवे स्टेशनमा गुजरातका राज्यपालको आगमनको खबर पाएर यात्रीहरू पनि आश्चर्यचकित भए। अर्कातिर, रेलवेका उच्च अधिकारीहरूले पनि राज्यपाल र लेडी गवर्नरको स्वागत गर्दै यात्राको लागि अभिनन्दन गरे। जब राज्यपालले अहमदाबादबाट मुम्बई जाने तेजस एक्सप्रेस ट्रेनमा आफ्नो सीट ग्रहण गरे, त्यस कोचमा यात्रा गरिरहेका अन्य यात्रीहरूमा उत्सुकताको माहौल थियो। राज्यपालले विनम्र भावले सबै यात्रीहरूको अभिवादन स्वीकार गरे र उनीहरूसॅंग संवाद पनि गरे।

अहमदाबाददेखि मुम्बईसम्मको यात्राको क्रममा राज्यपालले यात्रीहरूसॅंग भारतीय संस्कृति, प्राकृतिक खेती, सुविधाजनक रेल यात्रा, व्यक्तिगत विकास जस्ता विषयहरूमाथि चचा गरे। यात्रीहरूले पनि यस यात्रालाई स्मरणीय बनाउनका लागि मोबाइलमा राज्यपालसॅंग फोटोहरू खिचे।

सामान्यत: राज्यपालहरूको लागि विशेष विमानद्वारा हवाई यात्राको सुविधा उपलब्ध हुन्छ, तर राज्यपाल आचार्य देवव्रतले आफ्नो निर्धारित कार्यक्रमको लागि रेल यात्राको विकल्प चुने र एक सामान्य यात्री सरह अहमदाबाददेखि मुम्बईसम्म यात्रा गरे। यस कारण ट्रेनका अन्य यात्रीहरू आश्चर्यचकित हुनुका साथै प्रसन्नताको अनुभव गरे र राज्यपालको यस सरल व्यक्तित्वबाट रेलयात्रीहरू निकै प्रभावित भए।

उल्लेखनीय छ, भारतका उपराष्ट्रपति चुनिएपछि सीपी राधाकृष्णनले महाराष्ट्रको राज्यपालको पदबाट राजीनामा दिएका थिए। यसपछि, भारतका राष्ट्रपतिले गुजरातका राज्यपाल आचार्य देवव्रतलाई महाराष्ट्रको राज्यपालको अतिरिक्त प्रभार सुम्पेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande