सीबीआईले नासिकमा दुई नक्कली कल सेन्टरहरूको गऱ्यो पर्दाफाश, दुई आरोपी पक्राउ
सीबीआईले नासिकमा दुई नक्कली कल सेन्टरहरूको गऱ्यो पर्दाफाश, दुई आरोपी पक्राउ


नासिक, 14 सेप्टेम्बर (हि.स.)। केन्द्रिय अन्वेषण ब्यूरो (सीबीआई) ले नासिकमा दुई नक्कली कल सेन्टरहरूको पर्दाफाश गर्दै साइबर ठगीको मामिलामा दुई जनालाई पक्राउ गरेको छ।

सीबीआईले पक्राउ गरेका दुई आरोपीहरूको नाम गणेश र श्याम कमांकर हुन्। उनीहरूलाई 13 सेप्टेम्बरका दिन विशेष सीबीआई अदालत, ठाणेमा पेश गरियो, जहॉंबाट उनीहरूलाई 15 सेप्टेम्बरसम्म पुलिस रिमाण्डमा पठाइएको छ।

प्रवक्ताले भने, पक्रा परेका आरोपीहरूले एम/एस स्वगन बिजनेस सल्यूशन प्राइवेट लिमिटेडको नामले कल सेन्टर चलाइरहेका थिए। यहॉंबाट ब्रिटेनका नागरिकहरूलाई बीमा एजेन्ट र सरकारी अधिकारीहरूको नाममा फोन गरिन्थ्यो र उनीहरूलाई नक्कली बीमा पोलेसीको नाममा ठग्ने गरिन्थ्यो।

प्रवक्ता अनुसार, यी कल सेन्टरहरूमा लगभग 60 जनाले काम गरिरहेका थिए। उनीहरूले भोइस ओभर इन्टरनेट प्रोटोकल (वीओआईपी) स्पूफ्ड नम्बर (कल गर्ने व्यक्तिको वास्तविक पहिचान लुकाउनको लागि कलर आईडी परिवर्तन गरिएको फोन नम्बर) र नक्कली दस्तावेजहरूको प्रयोग गरेर पीडितहरूबाट क्रेडिट/डेबिट कार्डको जानकारी हासिल गर्थे र पैसा ठग्ने गर्थे।

सीबीआईले 11 सेप्टेम्बरमा चार जना र अज्ञात सार्वजनिक सेवकहरू विरुद्ध मामिला दर्ता गरेको थियो। यसपछि, नासिक र कल्याण (ठाणे) मा खोजीको क्रममा डिजिटल फोन, आठवटा मोबाइल फोन, नक्कली बीमा स्क्रिप्ट, आठवटा मोबाइल फोन, आठवटा कम्प्यूटर र पॉंच लाख रूपियॉं बरामद गरेको थियो। अपराधको गरिएको कमाई पेपाल र ब्याङ्क खाताहरूको माध्यमद्वारा हासिल गरिन्थ्यो। सीबीआईले यस सम्बन्धमा जॉंच जारी राखेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande