दरङ, 14 सेप्टेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले आइतवार कांग्रेस नेतृत्व र नेहरूलाई निशाना बनाउँदै भने, भूपेन हजारिकाको अपमान र 1962 को असमको घाउ अझै ताजा छ। मोदीले नाच्ने-गाउनेहरूलाई भारत रत्न दिइरहेको कांग्रेस अध्यक्षले बताएका थिए।
प्रधानमन्त्रीले असमको दरङ जिल्लाको मंगलदोईमा स्वास्थ्य एवं अवसंरचना क्षेत्रसॅंग सम्बन्धित 6,300 करोड रूपियॉंभन्दा धेरैका परियोजनाहरूको शिलान्यस एवं उद्घाटन गरे। यस अवसरमा आयोजित जनसभालाई सम्बोधित गर्दै उनले कांग्रेस नेतृत्वमाथि तीखो हमला गरे।
मोदीले भने, कांग्रेसले भारत रत्नले सम्मानित असमका गौरव भूपेन हजारिकाको अपमान गरेको छ। पूर्व प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूको 1962 को भारत-चीन युद्धको समयमा गरिएको टिप्पणीले असमका मानिसहरूलाई लागेको घाउ अझै पनि ताजा छ।
प्रधानमन्त्रीले भने, 'जब भारत सरकारले असमका महान सपूत एवं सङ्गीत जगतका पुरोधा भूपेन दा हजारिका जीलाई भारत रत्नले सम्मानित गरेको थियो, तब कांग्रेस पार्टीका तत्कालीन अध्यक्षले नाच्ने-गाउनेहरूलाई भारत दिइरहेको बयान दिएका थिए। यो बयान मेरो मात्र होइन, तर असमको धरती र भारतको संस्कृतिको पनि गहिरो अपमान हो।'
मोदीले भने, 'मुख्यमन्त्री हेमन्त बिस्व सरमाले मलाई यो बयानको बारेमा हिजो बताए र आज बिहान भिडियो पनि देखाए। यसले मलाई गहिरो चोट पुऱ्यायो।' उनले भने, '1962 मा जब भारत र चीन युद्ध भएको थियो, तब पण्डित जवाहरलाल नेहरूले जुन टिप्पणी गरेका थिए, त्यसको घाउ अझै पनि असम र पूर्वोत्तरका मानिसहरूको ह्रदयमा ताजा छन्। कांग्रेसको वर्तमान पीढीले पनि सोही घाउमा नून छर्कने काम गरिरहेको छ।'
प्रधानमन्त्रीले भने, 'म भगवान शिवको भक्त हुॅं। मलाई जति नै गाली दिए तापनि म सबै विष निकाली दिन्छु, तर जब अरूहरूको अपमान हुन्छ, म त्यसलाई सहन गर्न सक्दिन।' उनले कांग्रेसलाई निशाना बनाउॅंदै भने, 'उनीहरूको अहंकार यति धेरै छ कि उनीहरू सोच्छन् कि मेरो अरू कोही रिमोट कन्ट्रोल छ। तर मेरो एउटा मात्र रिमोट कन्ट्रोल छ र त्यो हो देशका 140 करोड जनता। मेरो आत्माको आवाज जनता जनार्दन नै हुन्।'
प्रधानमन्त्री मोदीले यस अवसरमा असमको स्वास्थ्य र परिवहन क्षेत्रसॅंग सम्बन्धित ठूला परियोजनाहरूको उपहार दिए। यसम दरङ मेडिकल कलेज एवं अस्पताल, जीएनएम स्कूल, बी.एससी, नर्सिङ कलेज, गुवाहाटी रिङ्ग रोड परियोजना र कुरुवा नारेंगी पुल सामेल छन्। उनले भने, 'डबल इन्जिन सरकार असमलाई स्वास्थ्य हबको रूपमा विकसित गर्न पूर्ण रूपमा निष्ठाले काम गरिरहेको छ।'
मोदीले भने, 'अपरेशन सिन्दूरपछि असमको यो मेरो पहिलो भ्रमण हो। मॉं कामाख्याको आशीर्वादले अपरेशन सिन्दूर सफल रह्यो। जन्माष्टमीको पावन पर्वमा यहॉं आएर मलाई दोब्बर सौभाग्य प्राप्त भयो। यो धरती संस्कृति, इतिहास र भविष्यका आशाहरूको संगम हो।'
मोदीले कांग्रेस सरकारहरूमाथि हमला गर्दै भने, 'कांग्रेसले दशकौंसम्म असममाथि राज गऱ्यो, तर ब्रह्मपुत्रमा केवल तीनवटा पुल बनायो। भाजपाको सरकारले विगत 10 वर्षामा 6 वटा पुल बनाएको छ। यो हो काम गर्ने अन्तर।' उनले पूर्वोत्तरमा कनेक्टिविटी बढ्नाले व्यापारको अवसर बढेको र युवाहरूका लागि रोजगारको नयॉं दैलो खोलिएको बताए।
प्रधानमन्त्रीले सीमा सुरक्षा र घुसपैठको मुद्दामाथि बोल्दै भने, 'घुसपैठको माध्यमले बर्डर क्षेत्रहरूको डेमोग्राफी परिवर्तन गर्ने षडयन्त्र चलिरहेको छ। यो राष्ट्रिय सुरक्षाको लागि ठूलो खतरा हो। यस कारण अब देशमा डेमोग्राफी मिशन शुरू गरिॅंदैछ।'
प्रधानमन्त्री मोदीले चाड पर्वहरूमा किनबेच गर्दा केवल स्वदेशी सामानहरू किन्न आग्रह गरे। उनले भने, 'तपाईहरूको नानीहरूको उज्जवल भविष्यको लागि स्वदेशी सामानहरू किन्नुहोस्। यो संकल्प विकसित भारतको दिशामा एक पाइला हो।' उनले भने, 'कांग्रेस सेनाको बनोबल बढाउनुको सट्टा पाकिस्तान समर्थित आतङ्कवादीहरूको समर्थन गरिरहेको छ। यो असम लगायत सारा देशको लागि घातक हो।'
हिन्दुस्थान समाचार / भवानी थामी