बागदाको स्कूलमा सहायक प्रधानाध्यापकमाथि छात्राहरूसित दुर्व्यवहार गरेको आरोप
बागदाको स्कूलमा सहायक प्रधानाध्यापकमाथि छात्राहरूसित दुर्व्यवहार गरेको आरोप


उत्तर 24 परगना, 15 सेप्टेम्बर (हि.स.)। उत्तर 24 परगनाको बागदास्थित हेलेंचा उच्च विद्यालयमा सोमवार सहायक प्रधानाध्यापकमाथि छात्राहरूसित अश्लील व्यवहार तथा अनुचित संकेत गरेको मामिला सामु आएको छ। मामिलाले गम्भीर रूप लिएपछि आक्रोशित छात्राहरूको विरोध अनि कुटपिटको घटनामा आरोपी सहायक प्रधानाध्यापक घाइते भए।

सूत्र अनुसार एघारौं कक्षाका केही छात्राहरू सबैभन्दा पहिला विद्यालय परिसरमा भेला भए अनि वार्षिक परीक्षालाई बहिष्कार गर्दै सहायक प्रधानाध्यापकविरूद्ध नाराबाजी गर्न थालेष हेर्दा-हेर्दै अन्य छात्र-छात्राहरू पनि आन्दोलनमा सामेल भए। आरोप छ, सहायक प्रधानाध्यापकले छात्राहरूमाथि अभद्र टिप्पणी गर्थे, अनुचित इशारा गर्थे तथा राती फोन गरेर सताउँथे। यस मामिलामा एकजना छात्राको भनाइ छ, “यदि कारबाही भएन भने हामी परीक्षा दिनेछैनौं।”

स्थिति बिग्रिएपछि पुलिसलाई सूचित गरियो। बागदा थानाको पुलिसले घटनास्थलमा पुगेर आरोपी शिक्षकलाई घेराउ गरी बाहिर निकाल्ने प्रयास गर्दा विद्यार्थीहरूले विरोध गरे। यस अवधि भएको धक्का-मुक्कामा सहायक प्रधानाध्यापकको टाउकोमा चोट लाग्यो। पछि आक्रोशित विद्यार्थीहरूले बागदा थाना सामु धरना दिएर कड़ा कारबाही गर्ने माग गरे।

अर्कोतिर सहायक प्रधानाध्यापकले सबै आरोपहरूलाई अस्वीकार गरेका छन्। उनको भनाइ छ, यो सबै एउटा “षड्यन्त्र“ हो। केही सहशिक्षकहरू उनले प्रधानाध्यापकको जिम्मेवारी सम्हालोस् भन्ने चाहँदैनन्। त्यसैले आफूविरूद्ध विद्यार्थीहरूलाई भड़्काइएको हो। उनले स्पष्टिकरण दिँदै भने, “म छात्राहरूलाई आमा भनेर सम्बोधन गर्छु, गलत व्यवहारको प्रश्न पनि उठ्दैन। पुलिसले विद्यार्थीहरूलाई आश्वासन दिएको छ, यदि प्रधानाध्यापकलाई आरोपी पाइए उनीमाथि कड़ा काकरबाही गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande